images

चम्किलो नरम छाला बनाउन चाहनुहुन्छ ? यी फलफूल सेवन गर्नुहोस्

चम्किलो नरम छाला बनाउन चाहनुहुन्छ ? यी फलफूल सेवन गर्नुहोस्

  • 397
    SHARES

  • चम्किलो नरम छाला बनाउन चाहनुहुन्छ ? यी फलफूल सेवन गर्नुहोस्

    छाला रोग विशेषज्ञले चम्किलो छालाका लागि केही उत्कृष्ट फलफूलको सेवन गर्न सुझाउँछन् तर यस पछाडिको कारण के होला ? सबैलाई थाहा भएकै कुरा हो कि फलफूल राम्रो औषधी हो । यदि तपाईंले स्वस्थ आहारविहार गर्नुहुन्नँ भने सौन्दर्य प्रशाधनका कुनै पनि उत्पादनले तपाईंको छालालाई चम्किलो बनाउन सक्दैन । छाला शरीरको महत्वपूर्ण अंग भएकोले तपाईंले यसको अत्यधिक हेरचाह गर्नुपर्दछ ।

    आफ्नो छालालाई स्वस्थ राख्नका लागि हामीमध्ये धेरैले विभिन्न उत्पादनको प्रयोग गर्छौं तर त्यसले छालालाई बाहिरबाट मात्रै सुरक्षा दिएको हुन्छ, तपाईंले स्वस्थ खानपिन गर्नुहुन्नँ भने तपाईंको छाला भित्रैबाट बिग्रने गर्छ । फलफूलमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुने भएकाले यसले छालालाई स्वस्थ राख्नुका साथै तपाईंलाई जवान राख्न मद्दत गर्छ । यहाँ यस्ता उत्कृष्ट फलफूलबारे जानकारी दिइएको छ जुन दैनिक रुपमा सेवन गर्दा तपाईंको छाला स्वस्थ र भित्रैदेखि चम्किलो हुन्छ ।

    images images

    orange_ldmu5zPA8T.jpg
    सुन्तलाः


    सुन्तलामा भिटामिनन सीको प्रचुर मात्रा पाइने गर्छ । यसमा कोलाजेन पनि हुन्छ जसले छाला चाउरी पर्ने प्रक्रियालाई ढिलो बनाउँछ । धेरैलाई थाहा नहुन पनि सक्छ कि सुन्तलाको बोक्रामा मिटामिनको सीको अत्यधिक मात्रा हुन्छ जुन सौन्दर्य उत्पादनका मुख्य सामग्रीको रुपमा प्रयोग गरिन्छ । सुन्तलाले ब्ल्याकहेड्स निकाल्नमा सहयोग गर्छन भने यसको जुसले छालाको टोनमा निखार ल्याउने गर्छ । छालालाई चम्किलो बनाउन चाहनुहुन्छ भने फलफूल र यसको जुस नियमित रुपमा सेवन गर्नुहोस् ।

    banana_SDa9kbVI1P.jpg

    केराः

    केरा आइरन, म्याग्नेसियम, पोटासियम, भिटामिन बी–सिक्स, भिटामिन सी, जिंक र अन्य छालाका लागि आवश्यक तत्वले भरपुर हुन्छ । यसमा एमिनो एसिड पनि हुन्छ जसले छालालाई लचिलो बनाउँछ । पोटासियमले छालालाई मुलायम बनाउने काम गर्छ भने जिंकले छालामा हुने ब्याक्टेरियाको संक्रमणबाट जोगाउने गर्छ । केराको बोक्रा छालाको लागि निक राम्रो हो । यसले चाउरीपन र डण्डीफोर हटाउने काम गर्छ ।

    pomegranate_QvSmAkrqG3.jpg

    अनारः

    यो पौष्टिक तत्वले भरिपूर्ण एक फल हो जसका भएको एन्टिअक्सिडेन्टले छालालाई जवान राख्न मद्दत गर्छ । अनार एउटा सुपरफूड हो जसले तन्तुको नवीकरणमा सहयोग गर्छ भने छालालाई चाउरी पर्नबाट जोगाउँछ । अनारमा पोनिफेनोल्स हुने भएकोले यसले रक्त सञ्चार बढाउने काम गर्छ । यसले घामको किरणबाट छालालाई  क्षती हुनबाट जोगाउँछ र छालालाई चम्किलो राख्न सहयोग गर्छ । अनारको दानामात्रै होइन, यसको बोक्रा पनि पौष्टिक तत्वले भरिएको हुन्छ ।

    apple_7pVxMd3vxZ.jpg

    स्याउः

    स्याउ अल्फा हाइड्रोक्सी एसिडको सबैभन्दा राम्रो स्रोत हो । यसले छालाको तन्तुको नवीकरण गरी छालालाई स्वस्थ र जवान राख्छ । स्याउमा भिटामिन सीको प्रचुर मात्रा पाइने भएकाले यसले स्याउलाई शक्तिशाली एन्टिअक्सिडेन्ट बनाउँछ जसले छालालाई लचिलो बनाएर चाउरीपनबाट जोगाउँछ । स्याउमा पाइने भिटामिन ए ले छालालाई चम्किलो बनाउने काम गर्छ । साथै, स्याउमा पाइने अत्यधिक फाइबरले पेट सफा राख्ने काम गर्नुका साथै छालालाई डण्डीफोररहित बनाउँछ ।

    papaya_7bGU8QHGQw.jpg

    मेवाः

    मेवामा भिटामिन ए, बिटा क्यारोटिन र पपेन नामको महत्वपूर्ण एन्जायम पाइन्छ । पपेनले पाचन क्रियामा पनि सहयोग गर्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा पनि अत्यधिक पाइन्छ । यसले छालालाई क्षती हुनबाट जोगाउँछ । मेवाको मास्कले छालामा चाउरी पर्नबाट जोगाउँछ त्यसैले मेवालाई सौन्दर्य प्रशाधन थुप्रै कम्पनीले साबुन, क्लिन्जर, फेसियल पिल र लोसनलगायतका विभिन्न उत्पादनमा समावेश गर्ने गर्छन् ।

    kiwi_y4GeoZXjxE.jpg

    किवीः

    किवीमा भिटामिन ई र सीको अत्यधिक मात्रा पाइन्छ । सुन्दा अचम्म लाग्ला सय ग्राम किवीमा ९८ मिलिग्राम भिटामिन सी पाइन्छ । भिटामिन ई र सीले छालाको लचिलो पन निम्त्याइ क्षती हुनबाट जोगाउँछ । किवीमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छन् । यी एसिडले छालाको संक्रमणबाट जोगाउने गर्छ ।

    lemon_6LMsoqp9z4.jpg

    कागतीः

    कागतीलाई प्राकृतिक ब्लिचको रुपमा हेर्ने गरिन्छ किनभने यसले छालामा निखार ल्याउनुका साथै डण्डीफोर इत्यादिका दाग मेटाउन सहयोग गर्छ । यसले छालालाई चम्किलो बनाउनुका साथै गहिरो तरिकाले सफा गर्ने गर्छ तसर्थ छालामा अड्किएका फोहोर हट्ने गर्छ । कागतीमा भिटामिन सी पनि पाइने भएकोले यसको जुसले छालालाई सुन्दर राख्न मद्दत गर्छ । कागतीको भित्री भागलाई कुहिनोमा दल्नुहोस् । यसो गर्दा कुहिनोको कालो हट्ने गर्छ । यी सात फलफूलबाहेक अन्य फलफूल जस्तै एभोकाडो, भुईंकटहर, स्ट्रबेरी, खरबुजा र आलुबखडाले पनि छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

     

    images
    images
    images
    images
    images
    सोमवार, आश्विन २६ २०७७०९:३४:२२

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै