Logo

ऋण तिर्नु पर्ने भएपछि छोरीको ईज्जत लिलाम, यसरी लाग्यो सागर थापामाथी बलात्कार प्रयासको आरोप



काठमाडौं । पछिल्लो समय समाजमा महिला संबेदनशिलताको व्यापक ब्यापार हुन थालेको छ । कुनै पनि लेनदेनदेखि व्यक्तिगत सम्बन्ध र लामो समयको उठबसमा समेत बार्गेनिङ हुने र बार्गेनिङ मिल्दा सबै राम्रो र नमिल्दा बलात्कार जस्तो जघन्य अपराधको आरोप समेत लाग्ने गरेका उदाहरणहरु एकपछि अर्को आई रहेका छन् । यस्तै एउटा उदाहरणको रुपमा धार्मिक अभियन्ता सागर थापामाथी पनि गम्भीर आरोप लागेको छ । एक युट्युव च्यानलमा सागर थापाले आफूमाथी बलात्कारको प्रयास गरेको र आर्थिक रुपमा हानी नोक्सानी पुर्‍याएको आरोप लगाएपछि यस्तो कुरा बाहिर आएको हो ।

आफ्नी आमालाई समेत सँगै राखेर बोलेकी युवतीले नाटकीय तरिकाले सागर थापा बिरुद्ध बोलेकी छिन् । बिश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिको अध्यक्ष समेत रहेका थापा बिरुद्ध ती युवती रुँदै बोलेको बेलामा उनकी आमा भने मुसु मुसु हासि रहेकी हुन्छिन् । 

यो विषयमा उनको अन्तरवार्ता प्रसारण गरेको युट्युव च्यानल अन द स्पट न्युजमा राखिएको मोबाईल नम्बर ९८४३३०८५६५ मा फोन गर्दा उक्त नम्बर दिपक रावलको रहेको पत्ता लाग्यो । कतै दर्ता समेत नगरिएको उक्त च्यानलका सञ्चालक रावलले आफूसँग युवतीले बोलेको कुराको प्रमाण रहेकोले उक्त भिडियो खिचेर प्रसारण गरेको दाबी गरे । केही डराउँदै भिडियो हटाउनु परे हटाई दिने समेत बोलेका रावलले आफूले पत्रकारिताको माध्यमबाट धर्म निर्वाह गरेको समेत बताए ।

के हो घटना र यथार्थ ?

पीडित भनिएकी युवतीको नाम रिता श्रेष्ठ हो भने उनकी आमाको नाम शुभमाया श्रेष्ठ हो । आमा शुभमायाले आरोपित सागर थापाकी बुहारी मिरा कुवँरबाट २०७५ साल बैशाख ५ गते घर निर्माण/व्यापार व्यवसाय र व्यक्तिगत कर्जा भनेर ८ लाख ४० हजार ६२५ रुपैयाँ ऋण लिएकी हुन्छिन् । उनले काभ्रे जिल्लाको पनौती न.पा. १ मा रहेको कित्ता नं. १३१ को ८ आना २ पैसा ३ दाम, सोही ठाउँमा रहेको कित्ता नं. १३२ को १ रोपनी ६ आना १ पैसा र कित्ता नं. १४४ को १ रोपनी, १ आना र १ दाम गरी तीन वटा कित्ताको जग्गा समेत उल्लेख गरी नियमानुसार पछि दृष्टि बन्धक हुने गरी कागज नै गरेर उक्त रकम लिएकी छिन् ।

उक्त रकम लिने बेलामा शुभमायाले भनेको समयमा ऋण लिएको रकमको साँवा व्याज चुक्ता गर्न नसकेमा उल्लेखित जग्गाबाट असुल उपर गरेमा सरकारी कार्यालयहरुमा तिर्नु पर्ने कर समेत आफूले तिरेर बाटो खुल्ला गर्ने व्यहोरोको कागज बनाएको प्रमाण भेटिएको छ । आफ्नो पुरानो चिनजान भएकोले सागर थापा स्वयं पनि उक्त कागजमा साक्षी बसेका छन् । तर उक्त जग्गा व्यक्तिगत नभई सरकारी नै रहेको पत्ता लागेको छ । 

जब शुभमायाको अशुभ कर्तुत पत्ता लाग्यो, तब सागर थापा आफैं परिवार भित्रैबाट चेपुवामा पर्न थाले । श्रेष्ठ परिवार लिएको रकम फिर्ता गर्नु भन्दा पनि अरु बहाना बाजी बनाएर पन्छिन थाले । शुभमायाले सागर थापा बिरुद्ध आफ्नी छोरीलाई परिचालन गरेपछि रिता श्रेष्ठ गाली बेईज्जतीमा उत्रिईन् । 

एकातिर आफैं साक्षी बसेर परिवार भित्रैबाट दिएको रकम नआउँनु र अर्कोतिर उल्टै आफू बिरुद्ध गाली बेईज्जती हुन थालेपछि सागरले २०७६ मंसिर ४ गते जिल्ला अदालतमा निशेधाज्ञाको मुद्धा हाले । उक्त मुद्धाको सुनुवाई मंसिर ६ गते नै भएर सागर थापाकै पक्षमा आदेश समेत भयो । बिचाराधिन अवस्थामा रहेको उक्त मुद्धाको यही कार्तिक १८ गते पेशी तोकिएको छ । उक्त कुरा पत्ता लागेपछि श्रेष्ठ परिवारले आफू बिरुद्ध षड्यन्त्र गरेको आरोप सागर थापाको छ ।

पछिल्लो समय भने आफू बिरुद्ध बलात्कार प्रयासकै आरोप लगाएर शुभमायाकी छोरीले युट्युवमा बोलेको देख्दा आफू आश्चर्यमा परेको थापाले बताएका छन् । अन द स्पट न्यूज नामक च्यानलमा असोज २३ गते भिडियोको कभर फोटो राखेर २४ गते रावलले आफूसँग फोनमा कुरा गरेर बार्गेनिङ गरेको थापाले बताए । आफू बिरुद्ध भिडियो आउँन लागेको थाहा पाएपछि थापाले उक्त च्यानल आधिकारिक हो कि होईन भनी सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा लिखित विवरण माग गरे । 

दुवै निकायमा उक्त नामको मिडिया नभएको विवरण दुवै निकायले खुलाएका छन् । त्यस पश्चात थापाले काठमाडौं जिल्ला अदालतमा गाली बेईज्जती मुद्धा शिर्षक खुलाई रिता श्रेष्ठ र भ्रामक भिडियो प्रसारण गर्ने च्यानलका सञ्चालक बिरुद्ध फिरादपत्र दर्ता गरेका छन् भने साईबर ब्युरोमा समेत जाहेरी दरखास्त दिई सकेका छन् ।

आफू बिरुद्ध यति ठुलो आरोप लागेपछि जसरी पनि कानुनी लडाई लड्ने बाटोमा सागर थापा लागि परेका छन् । एउटी आमाले लिएको ऋण तिर्नु पर्ने कर्तव्यबाट भागेर उमेर पुगेकी छोरीलाई प्रयोग गरेर बलात्कार जस्तो गम्भीर कुरामा आफ्नी छोरीको इज्जत लिलाम गरेको भन्दै शुभमाया श्रेष्ठको चौतर्फी आलोचना भई रहेको छ ।

हेर्नुहोस् तस्वीरहरुमा के के छन् प्रमाणहरु ?

121097677_3427037347378507_55422647106352355_n.jpg

 

121346359_663551947693592_5172312273060973878_n.jpg121383790_345547286665126_4957266201675352711_n.jpg121409022_377560926987903_2019996317568726389_n.jpg121417686_1040402893049721_7048725425237242565_n.jpg121437011_2824151924531729_7343481104345123026_n.jpg121422431_1913053585504097_9008690373414699366_n.jpg

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार  ७ : ०४ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।