images

एप्पलको सस्तो फोन आईफोन ट्वेल्भ मिनी सार्वजनिक

एप्पलको सस्तो फोन आईफोन ट्वेल्भ मिनी सार्वजनिक

  • 361
    SHARES

  • एप्पलको सस्तो फोन आईफोन ट्वेल्भ मिनी सार्वजनिक

    एप्पलले आईफोन ट्वेल्भ सिरिज अन्तर्गत आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ मिनी सार्वजनिक गरेको छ । एप्पलले आईफोन ट्वेल्भ सिरिज अन्तर्गत सबैभन्दा सस्तो फोनको रुपमा आईफोन ट्वेल्भलाई अघि सारेको छ । यो फोनको मूल्य ६९९ डलरदेखि सुरू हुने जनाइएकाे छ । त्यसैगरी आईफोन ट्वेल्भको मूल्य ७९९ डलरबाट सुरु हुनेछ ।

    आईफोन ट्वेल्भमा ६.१ इन्च स्किृन रहेकाे छ भने आईफोन ट्वेल्भ मिनीमा ५.४ इन्च स्क्रिन रहेकाे छ ।आईफोन ट्वेल्भ मिनीमा ओलेड डिस्प्ले, ए १४ चिपसेट, फाइभजी कनेक्टिभिटी र डुअल क्यामेरा सेटअप लगायतका विशेषता छन् । यसमा सुपर एक्सडीआर रेटिना डिस्प्ले रहेको छ ।

    images images

    आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ मिनी ब्लु, ग्रीन, ब्ल्याक, ह्वाइट र प्रडक्ट (रेड) गरी पाँच कलर अप्सनमा उपलब्ध छन् । यी फोन आईओएस फोर्टिनमा सञ्चालन हुनेछन् ।

    यी फाेन ६४, १२८ र २५६ जीबी स्टोरेजमा उपलब्ध भएका छन् । यसैबीच एप्पलका नयाँ आईफोनमा चार्जर र इयरबर्ड साथमा नआउने जानकारी कम्पनीले दियो ।

     

    images
    images
    images
    images
    images
    images
    बुधवार, आश्विन २८ २०७७०९:११:११

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै