images

अनलाइनपाना र शाकाहारी पार्टीको टोली सुदुरपश्चिममा राहत बाँड्दै, हजारौंको पिडामा मल्हम लगाउँदै

अनलाइनपाना र शाकाहारी पार्टीको टोली सुदुरपश्चिममा राहत बाँड्दै, हजारौंको पिडामा मल्हम लगाउँदै

  • 1.5K
    SHARES

  • अनलाइनपाना र शाकाहारी पार्टीको टोली सुदुरपश्चिममा राहत बाँड्दै, हजारौंको पिडामा मल्हम लगाउँदै

    सूचना पाउँने नागरिकहरुको हकलाई सुनिश्चित गर्ने उद्धेश्यका साथ सूसुचित नेपालको चित्र स्लोगन राखी प्रकाशित भई रहेको अनलाइनपाना डटकम तथा बिश्वलाई मासु र मदिरा रहित बनाउँने अभियानमा सक्रिय नेपाल शाकाहारी पार्टीको संयुक्त सक्रियतामा राहत वितरण गरिरहेको टोली यति बेला सुदुर पश्चिमका विभिन्न दुर्गम ठाउँहरुमा राहत सामाग्री वितरण गरिरहेको छ । विशेष गरी त्यस क्षेत्रका विपन्न बस्तीहरू मध्ये दलित तथा सुकुम्बासी, महेन्द्रराजमार्गको नदीका छेउहरुमा वस्ती बसाएर बसेका व्यक्तिहरु एवम् दयनिय अवस्थाका कारण गुजारा चलाउँन कठिन भई रहेका व्यक्ति र परिवारलाई राहत वितरण गरिरहेको हो ।

    सामान्य समयमा समेत गुजारा चलाउँन कठिन अवस्थामा रहेका व्यक्तिहरुलाई लकडाउनले झन् पीडित बनाएको छ । यस टोलीले त्यस्ता व्यक्ति र परिवारको पहिचान गरेर राहत वितरण गरिरहेको छ । यस मध्येमा आर्थिक अवस्था कमजोर भएका करिव ३ हजार परिवारलाई लत्ता कपडा र खाद्य सामग्री तथा १० हजार जनालाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी आदि वितरण गर्ने लक्ष्य रहेको छ ।

    images images

    भएकाले लिने र नभएकाले दिने गरी फूड बैंकको अवधारणा ल्याएर समाजमा उदाहरणीय सामाजिक कार्य गरिरहेका नेपाल शाकाहारी पार्टीका केन्द्रीय अध्यक्ष राधेश्याम खड्काले राहत टोलीको नेतृत्व गरिरहेका छन् । त्यसै गरी उक्त पार्टीको सुदुरपश्चिम प्रदेश संयोजक रहेका समाजसेवी ईन्द्र मल्लले प्रदेश र स्थानीय स्तरमा संयोजन गरेका छन् । यतिबेला प्रदेश संयोजक मल्ल कञ्चनपुर तथा कैलाली जिल्लामा राहत वितरण गरिरहेका छन् भने अध्यक्ष खड्काको समूह बैतडी, डडेलधुरा तथा दार्चुला लगायतका विभिन्न ठाउँमा राहत वितरण गरिरहेको छ । 

    लकडाउनको समयमा समस्यामा रहेका हजारौं व्यक्ति तथा परिवारका साथै बाँदर, कुकुर, परेवा, काग लगायतका पशुपंक्षीलाई समेत खाद्यान्न, फलफूल र खाना लगायतका सामाग्री वितरण गरेको नेपाल शाकाहारी पार्टीको यस अभियानमा यस पटक इजराइल निवासी समाज सेवी पवित्रा गौतम, नेपाल साकाहारी पार्टी सुदुरपश्चिम पद्रेश सम्पर्क कार्यालय अन्तर्गत समाजसेवि व्यवसायी राज बहादुर ऐरले समेत साथ दिएका छन् । राधेश्याम खड्काको समूह एक हप्तापछि राजधानी फर्किने कार्यक्रम रहेको छ भने मल्लले यो अभियान महिनौंसम्म जारी रहने बताएका छन् । 

    तस्वीरहरुमा हेर्नुहोस् :

    Rahat Bitaran (6).jpg

    Rahat Bitaran (2).jpg

     

    Rahat Bitaran (1).jpg

    images
    images
    images
    images
    images
    images
    बुधवार, आश्विन २८ २०७७१२:१२:०४

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै