images

कोरोना संक्रमणका कारण विराटनगर र धरानमा ४ जनाको मृत्यु

कोरोना संक्रमणका कारण विराटनगर र धरानमा ४ जनाको मृत्यु

  • 277
    SHARES

  • कोरोना संक्रमणका कारण विराटनगर र धरानमा  ४ जनाको मृत्यु

    कोरोना संक्रमणका कारण विराटनगर र धरानमा थप चारजनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा एक/एकजना गरी चार जनाको मृत्यु भएको हो ।

    वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठका अनुसार मंगलबार राति मोरङ बेलबारी नगरपालिका– १० का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । २१ असोजमा कोरोना पोजेटिभ देखिएका उनलाई मंगलबार प्रतिष्ठानको काभिड अस्पताल भर्ना गरिएको थियो । भर्ना भएको केही समयपछि उनको मृत्यु भएको डाक्टर श्रेष्ठले बताए ।

    images images

    वीपी प्रतिष्ठानमै इटहरी उपमहानगरपालिका– ६ सुनसरीकी ६० वर्षीय महिलाको पनि मृत्यु भएको उनले बताए । उनका अनुसार महिलामा २४ असोजमा कोरोना देखिएको थियो । उपचारको क्रममा बुधबार बिहान करिब ४ बजे उनको मृत्यु भएको श्रेष्ठले बताए । मृतक महिला मधुमेह रोगबाट पीडित थिइन्ला । अस्पताल भर्ना भएकी महिलाको इमरजेन्सी वार्डबाट कोभिड अस्पतालमा सार्ने तयारी हुँदै गर्दा मृत्यु भएको डाक्टर श्रेष्ठले बताए ।

    विराट मेडिकल कलेजमा मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसबारीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ६० वर्षीय पुरुषको मंगलबार राति करिब १२ बजे मृत्यु भएको हो । अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार मृतकलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो । मृतकमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या रहेको उनले बताए ।

    मोरङको सुन्दरहरैँचा नगरपालिका–५ घर भएकी कोरोना संक्रमित महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । मंगलबार साँझ उपचारका क्रममा ४९ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले मंगलबार साँझ ७ बजेतिर उनको मृत्यु भएको जानकारी दिए । मिर्गौलाको डायलासिस गर्नका लागिभन्दै आइतबार बिहान महिलालाई अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासको समस्या रहेकी महिलाको स्वाबको पीसीआर परीक्षण गराउँदा बेलुका रिपोर्ट पोजेटिभ आएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    बुधवार, आश्विन २८ २०७७०१:४०:१९

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै