Logo

नेसन्स लिग : क्रिस्टियानो रोनोल्डोविना पोर्चुगलले शानदार जित



नेसन्स लिग फुटबलमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनोल्डोविना मैदान उत्रिएको पोर्चुगलले शानदार जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले स्विडेनमाथि ३-० गाेल अन्तरले पराजित गरेकाे हाे । पोर्चुगलको जितका लागि डिओगो जोटाले दुई गोल गरे । त्यस्तै बेर्नान्डो सिल्भाले एक गोल गरे ।

खेलको २१ औं मिनेटमा बेर्नान्डोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले जोटाको पासमा गोल गरेका हुन् । त्यस्तै पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा जोटाले गोल गरेका थिए । उनले क्यान्सेलोको पासमा गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई २–० को अग्रता दिलाएका थिए ।

७२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गरे । उनले कार्भाल्होको पासमा गोल गर्दैै रोनाल्डोविना मैदान उत्रिएको पोर्चुगललाई ३-० को सहज जित दिलाए । जितसँगै पोर्चुगलको नेसन्स लिग फुटबलको समूह सीमा चार खेल खेल्दै १० अंक जोडेर शीर्ष स्थामा रहेको छ । पराजित स्विडेनले भने लगातार चौथो हार व्यहोरेको छ ।

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार  ७ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।