images

पशुपतीमा थप ३ विद्युतीय शवदाह गृह बन्दै लगानीकर्ता 

पशुपतीमा थप ३ विद्युतीय शवदाह गृह बन्दै लगानीकर्ता 

  • 214
    SHARES

  • पशुपतीमा थप ३ विद्युतीय शवदाह गृह बन्दै लगानीकर्ता 

    पशुपती क्षेत्रमा थप ३ वटा विद्युतीय शवदाह गृह बन्ने भएको छ। काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा तिलगंगामा ३ वटा मेशिनसहित शवदाह गृह बनाइने भएको हो । काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच बुधबार शवगृह बनाउनको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा सह–सचिव राजेश्वर ज्ञवाली र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 

    images images

    काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष  २०७७–७८ मा शवदाह गृह निर्माणका लागि १५ करोड बजेट छुट्याएको थियो।

    मेयर शाक्यले शवदाहको जति सक्दो छिटो शिलान्यास गरी ६ महिना भित्रमा संचालन गर्ने गरी काम थाल्न आग्रह समेत गरे। 

    शाक्यले अहिले सञ्चालनमा रहेका दुई वटा विद्युतीय शवदाह मेसिनले चाप धान्न नसकेको अवस्थामा महानगरपालिकाको सहयोगमा निर्माण हुने थप ३ वटा मेशिनले केही सहज हुने आशा गरेका छन्। 

    ‘अहिले पनि अन्तिम संस्कार धेरैले परम्परागत ढंगबाटै गर्ने चलन छ। यस्तो बेलामा नदीमा प्रदुषण कम गर्ने, वातावरण फोहोर नबनाउने र अन्तिम संस्कारमा नियमित सहभागी हुनेहरुको स्वास्थ्यमा पनि प्रतिकुल असर नपुगोस् भन्ने हेतुले विद्युतीय शवदाह गृह निर्माणका लागि महानगरपालिकाले चासो राखेको हो,’ उनले भने।   

    अहिले सञ्चालनमा रहेका मेशिनबाट शवदाह गर्न १ देखि डेढ घण्टासम्म लाग्ने गरेकोमा अब निर्माण हुने मेशिनबाट ३० देखि ४५ मिनेटमा शवदाह हुने कोषका सदस्य सचिव ढकालले बताए। 

    ‘अहिले दैनिक ३५ देखि ४५ वटासम्म शवदाह हुने गरेका छन्। सञ्चालनमा रहेका दुइ वटा मेशिनबाट जम्मा दैनिक १५–२० वटा शवदाह हुने गरेका छन्। अब थप मेशिन निर्माणपछि बढ्दो चापलाई धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने।

    images
    images
    images
    images
    images
    images
    बिहिवार, आश्विन २९ २०७७१२:२५:३९

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै