images

नाम मात्रको राजावादी पार्टीहरु हो र ?

नाम मात्रको राजावादी पार्टीहरु हो र ?

  • 586
    SHARES

  • नाम मात्रको राजावादी पार्टीहरु हो र ?

    नाम मात्रको राजावादी पार्टीहरु ! इर्ष्या र घमण्ड बाहेक एक आपसमा मेलमिलाप कसैको छैन ? सबैलाई ठुल ठुला पद र मान सम्मान चाहिएको छ । वास्तवमा भन्ने हो राजावादी पार्टीहरुको कमि कमजोरीको कारण नै राजा ज्ञानेन्द्र शाहले नासो जिम्मा लगाउने परिस्थिति आएको हो ।

    राजावादीको नाम बाट जति पनि राजावादी पार्टीहरु छन एकढिक्का नहुनुमा दोषीहरु को को ? के नाम मात्रको राजावादी पार्टी हो र ! राजावादीको नाममा संचालित जति पनि पार्टीहरु छन वास्तविक राजावादीहरु नै हुन भन्ने प्रश्न चिन्ह पनि खडा भएको छ । राजालाई खोपीको देवता पनि भनिन्छ । राजालाई दरबार अर्थात निर्मल निवास भन्दा बाहिरको मुलुकको वास्तविकताहरु बारे नै अवगत हुन पाउँदैन भन्ने गुनासोहरु बेला मौकामा सुन्न पाइन्छ सत्य तथ्य के हो ?

    राजा ज्ञानेन्द्र शाहले नेपाली जनताहरुले पुनः राजगद्दीमा ल्याएर राख्लान भन्ने भ्रममा नपर्नु होला भन्ने मेरो आग्रह छ । मुलुकमा जनताहरु छन भन्ने कुरामा भर पर्नु भयो भने सय वर्षमा पनि नेपालमा राजसंस्था फर्कन्न हाम्रो मुलुक नेपालमा वास्तविक जनताहरु नै छैनन । राजनीतिक पार्टीका कार्यकर्ताहरु छन । राजाले यसरी सजिलैसँग सत्ता छोडेको इतिहास कतै पनि छैन । मुलुकमा जनताहरु भएको भए पो राजाको महत्त्व र योगदानलाई कदर गर्थे ! राजाको पालामा मालपोत तिर्नु पर्दैन थियो ! नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई एकीकृत सम्पत्ति कर तिर्नु पर्दैन थियोे ! सांसदहरूको संख्या अधिकतम २०५ भन्दा बढी थिएन ! अहिले संघीय संसद र प्रदेश संसद गरी ८८४ जना सांसदहरूको संख्या छ । मुलुकमा जनताहरु भए पो यी कुराहरू समझमा अर्थात दिमागमा आउँथ्यो ! राजाको परिवारहरुले खाएको सहन भएन तर अहिले ८८४ जना सांसदहरूले राज्यकोष ढुकुटी ब्रहम्लुट गरेको कसैले देख्दैनन ! मुलुकमा जनताहरु भए पो ?

    राष्ट्रिय बजेटको अभावमा पनि राजा महेन्द्र संग चेतना, दुरदृष्टि  र दुरदर्शिता थियो । मुलुकमा पाँच विकास क्षेत्र, राष्ट्रियसभा गृह, प्रज्ञा प्रतिष्ठान, खुलामञ्च, टुंडिखेल, दशरथ रङ्गशाला, एयरपोर्ट, पूर्वपश्चिम जोडने राजमार्ग, चीन जोडने अरनिको राजमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग, विश्वविद्यालयको नाममा बल्खुको डाँडाको जग्गा छुट्टयाइएको, चितवनमा कृषि क्याम्पस र अनुसन्धानका लागि सयौं बिघा जग्गा छुट्टयाइएको, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिंग अस्पताल, राष्ट्रिय नाचघर, प्राविधिक शिक्षालयहरु, प्रदर्शनी मार्ग, क्याम्पसहरू, ट्रलीबस, रोपवेहरु, औलो उन्मूलनदेखि पुनर्वाससम्मका विशाल योजनाहरु र  आयात निर्यातमा सहज हुने गरी विराटनगर लगायतका औद्योगिक क्षेत्रमा करिडोर आदि आदि जस्ता मुलुकमा भएका थुप्रै ठाउँहरु राजा महेन्द्र कै देन हो । मुलुकमा जनताहरु भए पो यी सबै कुराहरू बुझ्ने थिए ? मुलुकमा छोटो मानसिकता र अबुझहरुको झुंड छ ।

    राजा ज्ञानेन्द्र शाह ज्यु लाई मेरो सुझाव र सल्लाह हाम्रो मुलुकमा जनताहरु छन र जनताहरुले राजगद्दीमा बसाली देलान भन्ने भ्रममा पर्नु भयो भने सय वर्षमा पनि मुलुकमा राजसंस्था फर्कन सक्दैन असम्भव छ किनभने नेपालमा वास्तविक जनताहरु नै छैनन । राजा ज्ञानेन्द्र शाहले राजदरबार छोडनु भन्दा पहिले पत्रकार सम्मेलन मार्फत दिएको संदेशको दृश्य हेर्ने हो भने नियम, ऐन र कानुन बमोजिम विक्रम सम्वत २०४७ सालको संविधानको अन्त्य भएको छैन । यसकारण राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूका नेताहरूलाई जिम्मा दिएको नासो तत्काल कुटनीतिक प्रयास मार्फत फिर्ता लिने समय आइसकेको छ अर्थात राजा ज्ञानेन्द्र शाहले अब सत्ता खोसेर लिनुपर्ने समय आएको छ ।   स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२

    images
    images
    images
    images
    images
    बिहिवार, आश्विन २९ २०७७०३:०४:२८

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै