images

विश्वभर काेराेना संक्रमितकाे संख्या ४ कराेड नजिक, ११ लाख बढीकाे मृत्यु,

विश्वभर काेराेना संक्रमितकाे संख्या ४ कराेड नजिक, ११ लाख बढीकाे मृत्यु,

  • 304
    SHARES

  • विश्वभर काेराेना संक्रमितकाे संख्या ४ कराेड नजिक, ११ लाख बढीकाे मृत्यु,

    विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ११ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ११ लाख २ हजार ८४४ पुगेकाे छ ।

    विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने चार काराेड नजिक पुगेकाे छ । अहिलेसम्म ३ कराेड ९१ लाख ५८ हजार २०९ पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये दुई कराेड ९३ लाख ७६ हजार बढी उपचारपछि घर फर्किएका छन् ।

    images images

    पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ३ लाख ९८ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार १ सय १० जनाकाे मृत्यु भएकाे छ । त्यस्तै २ लाख ५० हजार डिस्चार्ज भएका छन् ।

    कुन देशकाे अवस्था कस्ताे ?

    अमेरिका

    कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा २ लाख २२ हजार ७१७ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ८२ लाख १६ हजार ३१५ पुगेकाे छ ।

    संक्रमितमध्ये ५३ लाख २० हजार १३९ जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ २६ लाख ७३ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजार बढीकाे अवस्था गम्भीर रहेको छ ।

    भारत

    छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा भारत पर्छ । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ ।

    अहिलेसम्म भारतमा ७३ लाख ६५ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण १ लाख १२ हजार १४६ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ६४ लाख ४८ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ लाख ४ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

    ब्राजिल

    अमेरिका र भारतपछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ५१ लाख ७० हजार ९९५ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १ लाख ५२ हजार ५१३ पुगेकाे छ । संक्रमितमध्ये ४५ लाख ९९ हजार पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ४ लाख १९ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

    रूस

    रूस अहिलेसम्म १३ लाख ५४ हजार १५३ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २३ हजार ४९१ पुगेकाे छ । संक्रमितमध्ये १० लाख ४८ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख ८२ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

    अरू तालिकामा हेर्नुहाेस्:

    1-5.jpg

    2-6.jpg

    images
    images
    images
    images
    images
    images
    शुक्रवार, आश्विन ३० २०७७०९:०८:१४

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै