कास्कीका कोरोना संक्रमित महिलाको काठमाडौंमा मृत्यु

कास्कीका कोरोना संक्रमित महिलाको काठमाडौंमा मृत्यु

  • 358
    SHARES

  • कास्कीका कोरोना संक्रमित महिलाको काठमाडौंमा मृत्यु

     कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कास्कीको अन्नपुर्ण गाँउपालिका एक निवासी ६३ वर्षीया महिलाको आज बिहान वीरेन्द्र अस्पताल छाउनी काठमाडौंमा मृत्यु भएको हो ।


    ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत महिलामा भाद्र १९ गते कोरोना पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

    images

    गण्डकीमा आज थप ४९ जनामा संक्रमण पुष्टि भएको छ । चितवन र पोखरामा गरिएको परीक्षणमा कास्कीका ३१ जना, बाग्लुङका नौ जना, नवलपरासीका छ जना र तनहुँका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

    गण्डकी प्रदेशमा अहिलेसम्म २ हजार ६ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिमध्ये १ हजार ७ सय ९७ जना कोरोनामुक्त भएका छन् ।

    मंगलवार, भाद्र २३ २०७७१२:४१:४३

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै