images

कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन

कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन

  • 682
    SHARES

  • कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन

    यातायात व्यवस्था विभागले कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न भनेको हो । 


    यसै विज्ञप्तिमार्फत विभागले यसअघि व्यवस्था भएको सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने र साविकको भाडा दरमा थप ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था समेत खारेज भएको जनाएको छ । योसँगै सार्वजनिक यातायातका साधनहरुले अब पुरा सिट प्यासेन्जर बोक्न पाउने भएका छन् ।

    images images


    यसअघि सरकारले गत भदौ २९ गतेको मन्त्रिपरिषदको निर्णयमार्फत असोज १ गतेदेखि लागू हुने गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न र साविकको भाडादरमा थप ५० प्रतिशत भाडा लिन भनेको थियो । यो निर्णयलाई पुनर्विचार गर्दै गत २६ गते बसेको मन्त्रिपरिषदको बैठकले ५० प्रतिशत कम यात्रु र ५० प्रतिशत थप भाडाको दुबै प्रावधान खारेज गरेको हो ।  

     

    121586521_1256330134717877_7925312099618614666_n_yIFzLt64Ua.jpg

    images
    images
    images
    images
    images
    शुक्रवार, आश्विन ३० २०७७११:३४:०७

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै