Logo

मधेश प्रदेश

६५ औं प्रहरी दिवसमा प्रहरी उपरिक्षक पंगेनी र प्रहरी नायव उपरिक्षक मिश्र नगद पुरस्कार सहित सम्मानित



अनिल गुप्ता

जिल्ला प्रहरी कार्यालय बाराले ६५ औं प्रहरी दिवस आज भव्यतताको साथ आफ्नै कार्यालयको पराङ्गन मनाईएको छ । जिल्ला सम्वन्य समिती बाराका अध्यक्ष नवलकिशोर सिंहको प्रमुख अतिथीयमा सम्पन्न सो कार्यक्रममा कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, बारा उधोग बाणिज्य संधका अध्यक्ष बिनोद साह, नेपाल स्काउटका भरत साह, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दाश तथा विभिन्न संधसंस्था, पत्रकार,बुद्धिजिवीवर्ग लगायतको सहभागीता रहेको थियो ।

बारामा विभिन्न अपराधी क्रियाकलाप गर्नेहरुलाई कानुनको दायरामा ल्याई बारा बासीलाई शान्ति सुरक्षाको प्रत्याभूती गराउन, बारा बासीहरुको मन जित्न सफल तथा उतकृष्ट कार्य गरे वापत प्रहरी प्रदेश नं. २ मा सम्पन्न ५६ औं प्रहरी दिवसको कार्यक्रममा बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनी नगद पुरस्कार सहित सम्मानित भएको छ ।

त्यस्तै बाराकै प्रहरी नायव उपरिक्षक गौतम मिश्रले पनि बाराबासीको मन जित्न सफल तथा उतकृष्ट कार्य गरे वापत प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले नगद पुरस्कार सहित सम्मानित गरेको हो । त्यसतै प्रहरीेले गरेको काम प्रति निष्ठावान, ईमान्दारीका साथ  निश्पक्ष भै सेवा दिएकोमा प्रशंसा गर्दै प्रहरी नायव उपरिक्षक मिश्र लगायत ,प्रहरी निरिक्षक, प्रहरी नायव निरिक्षक, सहायक प्रहरी निरिक्षक, प्रहरी हवलदार र प्रहरी जवान गरी १८ लाई राम्रो काम गरे वापत नगद पुरस्कार प्रदान गर्नु भयो ।

सो अवसरमा बिभिन्न संध संस्थाहरुले प्रहरी लाई सहयोग गरेकालाई कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले प्रशंसा पत्र  प्रदान गर्नु भयो । प्रहरी नायब उपरिक्षक मिश्रले सहिद प्रहरी परिवारलाई दोसाल्ला ओढाई सम्मान गर्नु भयो ।

सम्पन्न सो कार्यक्रमा प्रहरी प्रवक्ता गौतम मिश्रले अमर प्रहरी परिवारका २२ जना लाई दोसाला ओढाई सम्मान गर्नु भएको थियो ।  सो कार्यक्रमा करिब २०० जनाको सहभागीता रहेको थिया ।

प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार  २ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।