images

नेपाली फिल्मका छायाकार बैकुण्ठ मास्केको निधन

नेपाली फिल्मका छायाकार बैकुण्ठ मास्केको निधन

  • 478
    SHARES

  • नेपाली फिल्मका छायाकार बैकुण्ठ मास्केको निधन

    काठमाडौं । नेपाली फिल्मका छायाकार बैकुण्ठ मास्केको निधन भएको छ । ८३ वर्षीय मास्केको कोरोनाको कारण शुक्रबार निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कार लामाले जानकारी दिए ।

    कोरोना संक्रमणका कारण निधन भएका मास्के नेपाली फिल्मको पहिलो नेपाली छायाकार हुन् । २०२१ सालमा पुनास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन गरेका फर्किएका मास्केले ‘परिवर्तन’, ‘मनको बाँध’, ‘हिजो आज भोलि’ लगायत दर्जनौँ फिल्मको छायाकनको जिम्मेवारी सम्हालेका छन् । 

    images images


    विगत ७ वर्षदेखि मृगौलाको बिरामी मास्केमा आइतबार बनस्थलीस्थित मृगौला उपचार केन्द्रमा उपचार हुँदै गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि निदान अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । उनको शुक्रवार नै पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिको छ ।मास्के फिल्म सम्पादक पनि हुन् ।

    images
    images
    images
    images
    images
    शनिवार, कार्तिक १ २०७७०४:३५:१२

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै