images

‘गोर्खा ब्रुअरी’ले नयाँ दर अनुसारको अन्तःशूल्क बापतको ९० करोड रुपैयाँ चुक्ता गरेपछि मात्रै वियर बजारमा लैजान पाउने

‘गोर्खा ब्रुअरी’ले नयाँ दर अनुसारको अन्तःशूल्क बापतको ९० करोड रुपैयाँ चुक्ता गरेपछि मात्रै वियर बजारमा लैजान पाउने

  • 256
    SHARES

  • ‘गोर्खा ब्रुअरी’ले नयाँ दर अनुसारको अन्तःशूल्क बापतको ९० करोड रुपैयाँ चुक्ता  गरेपछि मात्रै वियर बजारमा  लैजान पाउने

    आन्तरिक राजश्व विभागले ‘गोर्खा ब्रुअरी’ले नयाँ दर अनुसारको अन्तःशूल्क बापतको ९० करोड रुपैयाँ चुक्ता नगरेसम्म आफ्नो वियर बजारमा लैजान रोक लगाएको छ ।

    राजश्व विभागले वियरको गुणस्तर नपुगेर थप गरेको अन्तःशूल्कसहितको रकम चुक्ता गरेपछि मात्रै बजारमा लैजान अनुमति दिने शर्तसहितको पत्र पठाएको हो ।

    images images

    विभागले पच्चास (५०) प्रतिशतभन्दा कम जौं’को मात्रा भएको वियरलाई लोकल रक्सीको श्रेणीमा राख्ने र अन्तःशूल्क प्रतिलिटर ४ सय २३ रुपैयाँ नतिरेसम्म बजारमा लैजान रोक लगाएको जनाएको छ ।

    कानून अनुसार पच्चास प्रतिशतभन्दा कम जौं’को मात्रा भएको माल्टको अन्तःशूल्क लोकल रक्सी सरह प्रतिलिटर ४ सय २३ रुपैयाँ लाग्ने बताइएको छ ।

    सोही कारण विभागले गुणस्तर खस्किएपछि नयाँ दर अनुसार अन्तःशूल्क तिर्नुपर्ने भन्दै उक्त निर्णय परिवर्तन हुन नसक्ने बताउँदै आएको छ । तर, पच्चास प्रतिशतभन्दा बढी जौं’को मात्रा भएको वियरमा भने अन्तःशूल्क प्रतिलिटर १ सय ६५ रुपैयाँ मात्रै लाग्छ ।

    तर, गोर्खा ब्रुअरीले भने अन्तःशूल्कमा असन्तुष्टि जनाउँदै आएको छ । गोदाममा रहेका ४ लाख ३७ हजार बक्स वियरमा आन्तरिक राजश्व विभागले अनुगमनपछि गुणस्तर घटेकाले उच्च अन्तःशूल्क लगाउने निर्णय गरेको जनाएको हो ।

    विभागको उक्त निर्णयपछि गोर्खा ब्रुअरीका सानमिगल, टुबोर्ग, गोर्खा र काल्सबर्गका ४ लाख ३७ हजार बक्स गोदाममै रहेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    शनिवार, कार्तिक १ २०७७०५:१२:०७

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै