images

दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन् : ओली

दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन् : ओली

  • 364
    SHARES

  • दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन् : ओली

    प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन् । बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन् ।

    ‘एउटै पार्टीका नेताहरुलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो । समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ । उहाँले त्यसो गर्नुभएन र आज यहाँ बोलाएको पनि आउनुभएन । यसले सन्देश राम्रो जाँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने ।

    images images

    ‘विवाद समाधानका लागि आएका एउटै पार्टीका नेतालाई छुट्टाछुट्टै भेटघाट गर्दा छुट्टै पार्टी सञ्चालन गरेको आभास भयो । खैर केही छैन, हामी दुवै जना बस्छौँ र तपाईंहरुको समस्यालाई समाधान गर्छौं ।’

    दाहालले बिहीबार र शुक्रबार बेग्लाबेग्लै समूहमा कर्णालीका नेताहरुसँग छलफल गरेका थिए । शनिबार ओलीले कर्णालीका नेताहरुसँग छलफल गर्ने क्रममा दाहाललाई पनि बालुवाटार बोलाएका थिए, तर गएनन् ।आजको नागरिक दैनिकमा समाचार छ । 

    images
    images
    images
    images
    images
    आइतवार, कार्तिक २ २०७७०७:५१:५१

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै