images

गायिका सुमिता राईको डेब्यु एल्बम सगुनको ‘वाचा बन्धन’ बोलको गीत सार्वजनिक

गायिका सुमिता राईको डेब्यु एल्बम सगुनको ‘वाचा बन्धन’ बोलको गीत सार्वजनिक

  • 172
    SHARES

  • गायिका सुमिता राईको डेब्यु एल्बम सगुनको ‘वाचा बन्धन’ बोलको गीत सार्वजनिक

    बेलायतमा रहदै आएकी गायिका सुमिता राईले आफ्नो डेब्यु एल्बम सगुनको गीत ‘वाचा बन्धन’ को भिडियो भर्खरै सार्वजनिक गरेकी छिन् । गत वर्ष सार्वजनिक गरिएको उक्त एल्बममा समेटिएका ६ वटा गीतहरू मध्ये दोस्रो नम्बरमा रहेको यस गीतका गीतकार मुकेश राई हुन् भने लय मन थुलुङ् र संगीत संयोजन हरि लम्सालले गरेका हुन् ।

    प्रेम वियोगको गीत भएता पनि भिडियोले अहिलेको कठिन परिस्थितिमा भएका कतिपय घटनाक्रमलाई पृथक ढङ्गले प्रस्तुत गरिएको बताउंँछन् यस भिडियो निर्देशक एवं क्यामेरामेन भुपेन्द्र तुम्बाहाम्फे लिम्बु । गीत र भिडियोले छुट्टै मिठास र सन्देश बोकेर आएको यस म्युजिक भिडियोमा अहिलेका मेरो अनलाईन टिभीका चर्चित भिजे एव पत्रकार विश्व लिम्बु, अहिले उदियमान हुँदै गरेकी कलाकारद्वय मलाईका बस्नेत र सुजता थुलुङ् राईको अभिनय देख्न सकिने छ । गीतमा कोरियोग्राफ स्वयं भुपेन्द्र तुम्बाहाम्फे लिम्बुले गरेका छन भने मेक अफ आर्टिस्ट बिमल तामाङ र भिडियो सम्पादन अनिल रानाले गरेका छन् । यस म्युजिक भिडियो उनले आफ्नै युट्युब च्यानलबाट गरेकी छिन् ।

    images images

    पुर्ख्यौली घर खोटाङ, बाक्सिला रहेकी सुमिता राई हाल श्रीमान खरुन राई अनि दुई छोरी नयना र सगुनसङ्ग बेलायतको ननिटनमा बसोबासो गर्छिन । सानैदेखि नृत्य र गायनमा रुची राख्ने सुमिताले प्रवासमा रहेर पनि आफ्नो कलामार्फत नेपाली गीत संगीतलाई माया गरेकी छिन्, आत्मसात गरेकी छिन् तर पनि यो व्यस्तता र देशबाहिर रहनुको बाध्यताले आफुले चाहेर पनि संगीत शिक्षा अधुरै छोडनु परेको पीडा अनि यता आएपछि चाहे जति रियाज र अभ्यास गर्न नसकिएको दुखेसो पोख्छिन् ।

    यद्धपि फुर्सदको समयलाई यही आफ्नो रुचिलाई तन्मयका साथ अगाडी बढाईरहेकी उनको सिर्जनाहरूका मुल्याकंन कुनै दिन अवश्यै नै होला, नहोला तर पनि आफ्नो कलाकारिता र गायनलाई निरन्तरता दिईरहने वाचा बन्धन गर्दै यो गीत आफ्नो श्रोता, दर्शक र शुभचिन्तकहरूलाई समर्पित गर्न चाहन्छिन् ।

    images
    images
    images
    images
    images
    आइतवार, कार्तिक २ २०७७०८:४७:०१

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै