images

अर्थमन्त्री छान्न प्रधानमन्त्री ओलीलाई सकस !

अर्थमन्त्री छान्न प्रधानमन्त्री ओलीलाई सकस !

  • 1.7K
    SHARES

  • अर्थमन्त्री छान्न प्रधानमन्त्री ओलीलाई सकस !

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद तत्कालका लागि समाधान भएको देखिए पनि अब सरकार मा आफ्नो स्थान बनाउन नेताहरुबीच शक्ति संघर्ष शुरु भएको छ ।

    यस्तै शक्ति संघर्षको परिणामस्वरूप अर्थमन्त्री डा।युवराज खतिवडा सरकारबाट बाहिरिन बाध्य भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना विपरित खतिवडा बाहिरिएपछि अब प्रधानमन्त्री ओलीले आफ्नो टिम सशक्त बनाउने रणनिति बनाउन लागेको बुझिएको छ ।

    images images

    अहिले खासगरी अर्थमन्त्रीका लागि सबैको नजर रहेको छ । खतिवडाको बहिर्गमनपछि अहिले अर्थमन्त्री प्रधानमन्त्री ओली आफैले राखेका छन् ।

    नेकपाको विवाद समाधान कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्दा प्रधानमन्त्रीले मन्त्रिपरिषद हेरफेर गर्नुपर्ने भएपनि उनले आफ्नो प्रभाव पार्टी र सरकार दुवैमा कायमै हुनेगरी अगाडी बढ्न खोजेको देखिएको छ ।

    पार्टी सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय गरेपनि उनले त्यसका लागि हतार गरेका छैनन् । किनकी गौतमलाई सांसद बनाएमा उनलाई मन्त्री बन्नबाट रोक्न प्रधानमन्त्री ओलीलाई मुश्किल हुने स्वयं उनले बुझेका छन् । गौतमको व्यक्तित्व र खरो स्वभावले उनी आफैलाई अप्ठ्यारो पर्ने अड्कलका साथ अहिले राष्ट्रिय सभामा सिफारिसका लागि अलमल गरेका छन् ।

    उनी पार्टीको स्थायी कमिटीबाट कार्यदलको सुझाव पारित गराएर कम्तिमा अब आफ्नो कार्यकालको बाँकी समय थप किचलो नहोस् भन्ने सुनिस्चित गर्न चाहेको देखिन्छ । यसको सुनिस्चिततापछि मात्र गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने देखि मन्त्रिपरिषदमा हेरफेरसम्मको काम अगाडी बढाउने मनस्थितिमा प्रधानमन्त्री ओली रहेका छन् । यसका लागि भदौ २६ मा गत श्रावण १३ गतेदेखि अवरुद्ध रहेको स्थायी कमिटी बैठक बोलाइएको छ ।

    पछिल्ला केहि महिना पार्टीको चरम विवाद र शक्तिसंघर्षले सरकारको दैनिक काम नै अवरुद्ध भएको र अहिले मन्त्रिपरिषद पुर्नगठनको बहसले फेरी सरकारको काममा अस्थिरता आइएको महसुस आमरुपमा भइरहेको छ ।

    अब प्रधानमन्त्री ओलीले खासगरी अर्थमन्त्रीमा कसलाई ल्याउछन् भन्ने चर्चा चलिरहेको छ । प्रधानमन्त्री ओली अर्थमन्त्रीमा आफुले भरोसा गर्न सक्ने विश्वास पात्रको खोजीमा छन् । 

    यस सुचिमा अहिले प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीका विश्वासपात्र शंकर पोखरेल अगाडी देखिएको प्रधानमन्त्री ओली निकट नेताले बताएका छन् । यद्यपी उनी प्रदेश सांसद रहेकाले उनलाई केन्द्रमा सांसद बनाएर मन्त्री बनाउन लाग्ने प्रक्रिया भने सहज देखिदैन ।

    अर्थमन्त्रीमा वामदेव गौतमदेखि विष्णु पौडेल र सुरेन्द्र पाण्डेसम्मको दाबि रहेको छ । तर प्रधानमन्त्री ओली यी नामहरुमा कन्भिन्स नदेखिएको बताइएको छ । त्यसकारण अहिले उनी अर्थमन्त्री आफैले राखेर खतिवडालाई सल्लाहकारको रुपमा राखेर मन्त्रालयको जिम्मा दिने रणनितिमा समेत प्रधानमन्त्री रहेका छन् ।

    पार्टीले निर्णय गरेपनि खतिवडालाई राष्ट्रिय सभामा पठाउने सम्भावना अझै नसकिएको समेत बताइएको छ । अहिले गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्नुपर्ने निर्णय पार्टीबाट हुनु योजनाबद्ध ढंगबाट  भएको प्रधानमन्त्री ओलीसहित उनी पक्षको बुझाई रहेको छ । त्यसैले यस बीचमा गौतमलाई फकाउने प्रयास समेत जारी रहेको बताईन्छ ।    

    अर्थमन्त्रीको रुपमा पूर्व अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डेको नाम अगाडी ल्याइएको भएपनि अहिले उनीहरुको सम्भावना नरहेको ओली निकट एक नेताले बताएका छन् । महासचिव पौडेल अहिले पार्टीको काममै व्यस्त हुनुपर्ने आवस्था छ भने वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता पाण्डेलाई ओलीले अहिले विश्वास गरिहाल्ने अवस्था नबनेको उनको तर्क छ  । 

    एक किसिमले हेर्दा प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको सम्भावना देखिन्छ । उनी ओलीका विश्वास पात्र मात्र होइनन्, ओलीका हरेक कदमलाई आँखा चिम्लेर साथ दिने नेता पनि हुन् । अहिले उनी प्रदेश ५ को मुख्यमन्त्रीको रुपमा रहेपनि कार्यदलको सुझाव कार्यान्वयन गर्दा उनले मुख्यमन्त्री छोडेर केन्द्रीय सरकारमा आउने चाहना समेत प्रधानमन्त्री ओलीसँग राखेको बुझिएको छ ।

    अहिले मन्त्रीपरिषद पुनर्गठन हुदैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले समेत पोखरेलको सम्भावनालाई बढाएको देखिन्छ । किनकी कार्यदलको सुझाव पार्टीको स्थायी कमिटीबाट पारित गराएर कार्यान्वयन गर्न पनि केहि समय लाग्ने भएकाले प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको बुझिएको छ । तर यसमा उनलाई कसरी केन्द्रमा सांसद बनाउने भन्ने विषय भने जटिल नै रहेको देखिन्छ ।

    यसरी हेर्दा प्रधानमन्त्री ओलीका केहि दिन अझै सरकार र पार्टीको सन्तुलन बनाउन मै बित्ने देखिएको छ । अर्थ बाहेक सञ्चार तथा शहरी विकास मन्त्रालय समेत अहिले खाली रहेको छ । अहिले महेश बस्नेत, किसान श्रेष्ठ, विद्या भट्टराई लगायतको समेत मन्त्री बन्ने चर्चा चलेको छ । तर पार्टीभित्रको चरम शक्ति संघर्षले मन्त्रिपरिषद पुनर्गठन झन् जटिल हुदै गएको देखिएको छ ।       

    images
    images
    images
    images
    images
    images
    मंगलवार, भाद्र २३ २०७७०२:१४:४८

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै