Logo

सुदूरपश्चिम प्रदेश

धनगढीमा डिउटीबाटै २ प्रहरी वेपत्ता, एक प्रहरीको शव भेटियो



धनगढीमा अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी वेपत्ता भएका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार साँझदेखि वेपत्ता थिए । बेपत्ता मध्य एकजनाको शव नेपाल भारत सीमास्थित मोहना नदी नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले उनीहरु दुवै जना डिउटीमा खटिएका बेला वेपत्ता भएको जानकारी दिए । चौकीबाट मोटरसाइकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजेदेखि सम्पर्क बिहीन भएका थिए ।

आज बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरु चढेको मोटरसाइकल फेला परेको र करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको हो।

नेपाल भारत सीमा नजिकै मोहना नदीमा एक जनाको शव फेला परेको हो । नदीमा घोप्टो अवस्थामा रहेको शवको पहिचान भने नभएको प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए । अहिले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदी पनि घटनास्थल पुगेका छन् ।

प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार  १२ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।