चीनको तेस्रो त्रैमासमा कुल ग्राहस्थ उत्पादन ४ दशमलव ९ प्रतिशतले बढेको छ। संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनको अनुमान भन्दा कमले कुल ग्राहस्थ उत्पादन बढेको हो । बैज्ञानीकहरुले यो त्रैमासमा चीनको अर्थतन्त्रमा ५ दशमलव ५ प्रतिशतले बढ्ने अनुमान रहेको बताएका थिए ।
कोरोनाभाइरसको महामारी सुरू भएपछि यो वर्षको पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतले खुम्चिएको थियो। सन् १९७६मा साँस्कृतिक क्रान्ति सकिएपछि चिनियाँ अर्थतन्त्रको आकार अघिल्लो वर्षको तुलनामा घटेको त्यो पहिलो पटक थियो।
त्यसलगत्तै अर्को त्रैमासमा भने चिनियाँ अर्थतन्त्रले सुधारको गति समातेको थियो। दोस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्र ३दशमलव २ प्रतिशतले बढेको थियो।
चीनको केन्द्रीय तथ्यांक विभागले सोमबार जारी गरेको विवरणअनुसार गत वर्षको तुलनामा यो अवधिमा चिनियाँ अर्थतन्त्र ४ दशमललव ९ प्रतिशतले बढेको देखाइएको हो।
प्रतिक्रिया