images

 सशक्तिकरणको क्षेत्रमा महिला योजना : प्रमुख रेनु दाहाल

 सशक्तिकरणको क्षेत्रमा महिला योजना : प्रमुख रेनु दाहाल

  • 664
    SHARES

  •  सशक्तिकरणको क्षेत्रमा महिला योजना : प्रमुख रेनु दाहाल

    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महिला एवं सामाजिक सशक्तिकरणको क्षेत्रमा महानगरपालिकाले योजनाबद्ध ढंगले गतिविधीहरू अगाडि बढाइरहेको बताएकी छिन् । भरतपुर महानगरपालिका २१ पार्वतीपुरमा  बुधवार सरस्वती महिला उद्दमशील महिला तालिम केन्द्र भवनको उद्घाटन गर्दै उनले सो बताएकी हुन् । 


    भरतपुर महानगरपालिकाको २५ लाख रूपयॉ र समूहको सहभागितामा  थप ७ लाख रकम गरी ३२  लाख रूपैयाँको लागतमा तालिम केन्द्रले निर्माण गरिएको हो । सोही भवनको उदघाटन पश्चात मन्तव्य व्यक्त गर्दै दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाहरूको सिप र क्षमताको आधारमा बहु उपयोगी  हुने बताइन् । 

    images images


    रोजगार सृजना र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिँदै उनले यस्ता योजना लिएर महानगरपालिकका आउनेलाई सबै प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताइन् । दाहालले महिला त्यसमा पनि दलित आदिवासी तथा सीमान्तकृत समुदायका महिलाहरूको क्षमता विकास,  उद्दमशिलता बढाउन विशेष जोड दिएको उल्लेख गरिन् ।


    समग्र बिकासले मात्र महानगरको दिगो र आत्मनिर्भर बिकास हुने भन्दै उनले यसलाइ मध्यनजर राखेर शिक्षा ,स्वास्थ्य, कृषि ,पर्यटन र पूर्वाधारको क्षेत्रमा योजनाबद्द ढंगले काम अगाडी बढेको बताइन् ।  
    कार्यक्रममा वडा न २१ का अध्यक्ष चित्रसेन अधिकारीले नवनिर्मित तालिमकेन्द्र भवन यस क्षेत्रका समुदायलाइ सिप सिकाइमा उपयोगी हुने बताए । वडा न २४ का वडाअध्यक्ष कान्छा मल्लले  आकर्षक महिला उद्यमसिल तालिमकेन्द्र भवन निर्माण गरेर रचनात्मक काम गरेको भन्दै समुहलाइ धन्यवाद ब्यक्त गर्दै  तालिम केन्द्रलाइ सिकाइको केन्द्र बनाउन आग्रह गरे । 
     

    images
    images
    images
    images
    images
    images
    बुधवार, कार्तिक ५ २०७७०१:२७:२८

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै