आइसल्यान्डमाथि बेल्जियमको शानदार जित

आइसल्यान्डमाथि बेल्जियमको शानदार जित

  • 241
    SHARES

  • आइसल्यान्डमाथि बेल्जियमको शानदार जित

    यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बेल्जियमले आइसल्यान्डमाथि शानदार जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा बेल्जियमले आइसल्यान्डलाई ५(१ गोल अन्तरले पराजित गरेको हो ।

    बेल्जियमलाई शानदार जित दिलाउनका लागि मिच्चे बात्सुयाले दुई गोल गरे । त्यस्तै एक्सेल विट्सेल, डेरिस र्मेतेन्स, डेरिस मेर्टेन्स र डोकुले एक–एक गोल गरे । आइसल्यान्डका लागि होल्ब्रेटले एक गोल गरे ।

    images

    खेलको १० औँ मिनेटमा आइसल्यान्डका लागि हेल्ब्रेटले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । १३ औँ मिनेटमा एक्सेलले बेल्जियमका लागि बराबरी गोल फर्काए । १७ औँ मिनेटमा डेरिसले गोल गर्दै बेल्जियमको अग्रता २(१ गोलको बनाए ।

    पहिलो हाफमा दुई गोल गरेको बेल्जियमले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । बेल्जियमका लागि खेलको ५० औँ मिनेटमा डेरिसले गोल गर्दै टिमलाई ३–१ गोलको अग्रता दिलाए । ६९ औँ मिनेटमा बात्सुयाले व्यक्तिगत दोस्रो गोल तथा टिमका लागि चौथो गोल गरे ।

    ७९ औँ मिनेटमा बेल्जियमका लागि डोकुले गोल गर्दै टिमलाई ५–१ गोलको जित दिलाए । जितसँगै बेल्जियम दुई खेलबाट ६ अंक जोड्दै समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । पराजित आइसल्यान्ड चौथो स्थानमा छ ।

    बुधवार, भाद्र २४ २०७७०७:४२:५२

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै