Logo

कर्पोरेट फोकस

आज सुनको भाउ बढ्यो



बिहीबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ७ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा २ सय रुपैयाँले नै बढेर ९५ हजार २ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ६२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार  १ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।