images

चीनको ‘ग्रेटवाल’ सम्बन्धी केही आश्चर्य र रोचक तथ्य

चीनको ‘ग्रेटवाल’ सम्बन्धी केही आश्चर्य र रोचक तथ्य

  • 805
    SHARES

  • चीनको ‘ग्रेटवाल’ सम्बन्धी  केही आश्चर्य र रोचक तथ्य

    चीनको ‘ग्रेट वाल’ विश्वको ७ औं आश्चर्यका रुपमा चिनिन्छ । यो वाल आफैमा मजबुत छ । यो बनाउन मात्रै सयौं वर्ष लागेको थियो ।‘ग्रेट वाल’सँग जोडिएका केही रोचक र आश्चर्यजनक तथ्य छन्, जुन तपाईलाई थाहा नहुन सक्छ । चीनको ग्रेटवाल सातौंऔं शताब्दीमा करिब २८०० साल पहिले बनाउन शुरु गरिएको थियो । यो पूरा हुन करिव २००० वर्ष लागेको थियो ।

    यो विश्वप्रसिद्ध वालको निर्माण राजा किन शिहुआंगले बनाएका हुन् । कुनै समय यसलाई विभिन्न नामले चिनिथ्यो, जस्तै कि मपंत, परपल फ्रन्टयर, अर्थ ड्रैगन । १९ औं शताब्दीम यसको अफिसियल नामा ग्रेट वाल अफ चाइना राखिएको हो । यसको कुनै भाग आपसमा जोडिएका छैनन । यदी यसका सवै भाग जाड्ने हो भने यसको कूल लम्बाई ८ हजार ८ सय ४८ किलोमिटर हुनजान्छ । यसको उचाइ मात्रै करिव ३५ फिट रहेको छ ।

    images images

    एक अनुमान अनुसार यो वाल बनाउनको लागि २० देखि ३० लाख मानिसले आफ्नो पूरै जीवन व्यतित गरेका थिए । ग्रेडवालको लम्बाइ त यसै लामो छ, चौडाइ पनि एक साथ ५ घोडा वा १० मानिस पदैल हिड्न मिल्ने खालको छ ।

    त्यसो त यो वाल दुस्मनबाट बच्नको लागि बनाइएको थियो । तर पछिल्लो समय यसको विकास पर्यटकीय क्षेत्रका रुपमा रहेको छ । यो वालको निर्माणका क्रममा ज्यान गुमाउनेहरुलाई त्यही गाडिन्थ्यो । त्यसैले यसलाई विश्वकै लामो चिहानका रुपमा समेत लिइन्छ ।

    त्यस्तै, चीनमा आक्रमण गर्न आउने दुश्नहरुलाई हेर्नका लागि वालका बीच–बीचमा प्वालहरु पनि राखिएका छन् । वाल बलियो हुँदाहुँदै पनि सन १२११ मा यो वाल एक ठाउँमा भत्काएर चंगेज खानले चीनमा हमला पनि गरेका थिए ।

    यो वाल बनाउन ढुंगासँगै चामलको पीठो प्रयोग गरिएको थियो । चिनिया भाषमा ग्रेट वाललाई ‘ वान ली छांग छंग’ भनिन्छ । यहाँ हरेक वर्ष एक करोड पर्यटकले भ्रमण गर्ने गरेको तथ्यांक छ । यो मात्र एक मानव निर्मित आकृति हो जुन चन्द्रमबाट समेत देख्न सकिन्छ ।

    चीन पछिको दोस्रो वाल भने भारतको ‘कुम्भलगढ दिवार’ हो । यो विश्वकै दोस्रो लामो भए पनि ग्रेट वाल भन्दा सयौं गुणा छोटो छ । यसको कूल लम्बार ३६ किलोमिटर रहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    बिहिवार, कार्तिक ६ २०७७०२:३४:१९

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै