images

दशैंमा यसरी बनाउनुस् खसीको स्वादिष्ट भुटन

दशैंमा यसरी बनाउनुस् खसीको स्वादिष्ट भुटन

  • 685
    SHARES

  • दशैंमा यसरी बनाउनुस् खसीको स्वादिष्ट भुटन

    चाड­पर्वमा मासुका विभिन्न परिकारहरु बनाइन्छन् । दशैंमा सबैभन्दा बढी खसीको मासु प्रयोग हुन्छ । विश्वमै खसी परिकारहरु लोकप्रिय पनि मानिन्छन् ।आन्द्रा, भुँडी, टाउको, रगत, अण्डकोष, जिब्रो, कलेजो, मृगौला, कान, खुट्टा इत्यादि विश्वको कहीँ न कहीँ प्रचलित छन्। दक्षिण एशियामा पनि विभिन्न भित्री अङ्गहरु खाने चलन छ।

    नेपालमा विभिन्न जातिहरुका मानिसहरुले पनि विभिन्न पशुका विभिन्न प्रकारका त्यस्ता अङ्गको परिकार बनाएर खान्छन्। खसीको आन्द्रा­भुँडीको परिकार जुन भुटन र भुटुनका नामले चिनिन्छ ।

    images images

    कसरी भुटन बनाउने ?

    आवश्यक सामग्री

    खसीको आन्द्रा­भुँडी एक किलो जति
    बेसार दुई चम्चा
    तोरीको तेल चार चम्चा
    सुकेको रातो खुर्सानीको धुलो एक चम्चा
    जिराको धुलो एक चम्चा
    धनियाको धुलो एक चम्चा
    लसुनको लेदो एक चम्चा
    अदुवाको लेदो एक चम्चा
    ल्वाङ­सुकमेलको धुलो एक चिम्टी
    नून स्वादअनुसार

    बनाउने तरिका

    शुरुमा आन्द्रा­भुँडीलाई पानीले राम्ररी सफा गरी त्यसलाई एउटा भाँडामा एक चम्चा बेसार हाली उमाल्ने। लगभग आधा घण्टा उसिनेपछि चिसो पानीले पखाल्ने, त्यसपछि स­सानो टुक्रा बनाउने ।

    एउटा फ्राई प्यानमा तेल राखी तताउने र आन्द्रा­भुँडी मज्जाले भुट्ने। त्यसपछि बेसार राख्ने र व्रmमशः सबै सामग्रीहरु राख्ने। मासु खैरो हुन्जेल त्यसलाई भुट्ने र निकाल्ने। अब त्यसलाई तात्तातो चिउरा, गोलभेडाको अचार वा अन्य खानासँग मिलाएर खान सकिन्छ ।

    images
    images
    images
    images
    images
    images
    बिहिवार, कार्तिक ६ २०७७०५:०८:३५

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै