Logo
भिडियो

नबिन चाम्लिङ राईले ल्याए परदेशी जिवन (भिडियो सहित)


नेपालीहरुको महान चाड बडादशैं मध्य हुँदै गर्दा स्वदेश तथा बिदेशमा रहेका सारा नेपालीहरु पारिवारिक जमघट र मान्यजनको आशिर्वाद लिन जम्मा भई सकेका छन् । तर केही त्यस्ता अभागीहरु पनि छन् जो यस्तो खुसीको साटासाट गर्ने अवसरको सदुपयोग गर्न पाउँदैनन् । परदेशबाट दुखको सन्देश पठाउँन बाध्य हुनु परेको हुन्छ । यस्तै बाध्यताको भूमरी भित्रको चित्कारलाई आधार बनाएर तयार गरिएको गीत सार्वजनिक भएको छ ।

नबिन चाम्लिङ राईको शब्द तथा संगीत रहेको गीतको बोल ‘परदेशी जिवन’ रहेको छ भने गीतमा एरेञ्ज र स्वर कृष्ण भक्त राईको रहेको छ । स्टुडियो भर्सनमा बनाईएको यस गीतको भिडियो मुन्धुमस्टार टिभिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । । दशैं लगत्तै यो गीतको अफिसियल भिडियो पनि निर्माण गरिने जानकारी प्राप्त भएको छ ।

स्टुडियो भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :