Logo
भिडियो

‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको आगामी महत्वाकाक्षी सिनेमा ‘आरआरआर’को नयाँ टिजर सार्वजनिक


‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको आगामी महत्वाकाक्षी सिनेमा ‘आरआरआर’को नयाँ टिजर सार्वजनिक भएको छ।  सिनेमाले आफ्नो ‘कोमराम भिम’ नामक पात्रको चरित्र झल्काउने टिजर सार्वजनिक गरेको हो। यस पात्रमा एनटिआर जुनियरले अभिनय गरेका छन्।

सार्वजनिक टिजरमा एनटिआरलाई यसअघि उनी कहिल्यै नदेखिएको शारिरिक संरचनामा प्रस्तुत गरिएको छ। यसअघि एनटिआरको जन्मदिनमा टिजर सार्वजनिक गर्ने योजना बनाइएको भएपनि लकडाउनका कारण टिजरको काम नसकिएपछि कोमाराम भिमको १ सय १३ जन्मदिनमा टिजर सार्वजनिक गरिएको हो।

सिनेमामा एनटिआरसँगै रामचरण मुख्य भूमिकामा छन्। उनीहरूका अलावा सिनेमा आलिया भट्ट, अजय देवगन तथा ओलिभिया मोरिसको मुख्य भूमिका छ।  सिनेमाको बजेट ४ सय ५० करोड भारू भएको बताइएको छ।