Logo

राजनीति

कांग्रेस नेता डा.शेखर कोइरालाको प्रश्न : दण्डहिनताले सीमा नाघ्यो, जनता न्याय माग्न कहाँ जाने ?



 नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकमा दण्डहीनताले सीमा नाघेको टिप्पणी गरेका छन् । पर्साका नेकपा नेता मुकुश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न जाहेरी दिँदा पनि प्रहरीले लिन नमानेको बताउँदै उनले  यस्तो बताएका हुन् ।

Capture.JPG

सामाजिक सञ्जालमा ट्वीटरमा कोइरालाले भनेका छन्, ‘दण्डहीनताले सीमा नाघिसक्यो । व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तै पनि हामी कानुनी राज्यको कुरा गर्छौं। तर, कहाँ छ कानुनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?’

प्रकाशित मिति : कार्तिक १३, २०७७ बिहीबार  १० : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।