Logo

सेती प्रादेशिक अस्पतालमा उपचाररत सङ्क्रमित एक महिलाको मृत्यु



धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ । धनगढी, उपमहानगरपालिका–२ की ५७ वर्षीया महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

कडा खालको निमोनियाबाट ग्रसित महिलाको कात्तिक १० गतेदेखि  अस्पतालको मेडिकल वार्डमा उपचार भइरहेको र उनमा १२ गते मात्रै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्पतालमा सिफ्ट गरी उपचार भइरहेको थियो ।

प्रकाशित मिति : कार्तिक १३, २०७७ बिहीबार  ३ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।