गर्मीमा छालाको समस्या र समाधानको उपाय

गर्मीमा छालाको समस्या र समाधानको उपाय

  • 307
    SHARES

  • गर्मीमा छालाको समस्या र समाधानको उपाय

    बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ । टन्टलापुर घाम, अत्यधिक गर्मी, वातावरणीय आद्रताले गर्दा छालाको हेरविचार गर्नुपर्ने हुन्छ । त्यसमाथि वातावरणीय प्रदूषण र धुलो धुवाँले छालाको प्राकृतिक चमकलाई निस्तेज पार्ने वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा हरेन्द्र झा बताउँछन् । यसकै कारण छाला अत्यधिक चिल्लो, दागले भरिएको तथा डढेको कालो जस्तो देखिने उनको भनाइ छ ।

    गर्मीको मौसममा बढ्ने तापक्रम र आद्रताले गर्दा छालामा हुने चिल्लो निकाल्ने ग्रन्थी बढी सक्रिय हुन्छन् । जसले गर्दा चिल्लो छाला अझै बढी चिल्लो तथा सुक्खा छाला फुस्रो र दाग पूर्ण देखिने उनको भनाइ छ । उनले भने, “छालामा हुने रंग बनाउने कोशीकाले धेरै रंग बनाउँछन्, जसले गर्दा छाला डढेको र कालो देखिन्छ ।”

    images

    बढदो तापक्रमले चिल्लो निकाल्ने ग्रन्थीको छिद्र ठूलो भएर जान्छन् जसमा चिल्लो, धुलो, फोहर तथा किटाणु जम्मा हुन्छन् । यी सबै कारणले गर्दा डन्डिफोर, चायाँ, पोतोको समस्या बढेर जाने उनको भनाइ छ । छालामा बुढ्यौलीको लक्षण चाँडै देखिन्छ । साथै छालाको क्यान्सर रोगको सम्भावना पनि बढेर जाने डा झाले बताए ।

    डा झाले गर्मी मौसममा छाला बचाउनका लागि विभिन्न उपाय रहेको बताए । चिल्लोरहित वा चिल्लो सफा गर्नसक्ने फेसवासको प्रयोग उपयुक्त हुने उनको भनाइ छ । उनले भने, “सुक्खा छाला वा मिश्रित छालाका लागि फिँज नआउने अनुहार सफा गर्ने क्रिम प्रयोग गर्न सकिन्छ ।” दिनभरिमा चार÷पाँचपटकसम्म अनुहारलाई सफा गर्नु राम्रो हुने उनको सुझाव छ ।

    बजारमा पाइने राम्रो खालका एन्टी अक्सिडेन्ट सेरम प्रयोग गर्न सकिने चिकित्सक बताउँछन् । जसले छालाको चिस्यानलाई जोगाइराख्नुका साथै यसलाई वातावरणीय प्रभावबाट पनि सुरक्षित राख्न मद्दत गर्दछ । सबै प्रकारको छालाका लागि यो राम्रो विकल्प मानिन्छ । हामीले आफ्नो खाने कुरामा पनि एन्टी अक्सिडेन्टको प्रयोग बढाउनसक्छौँ । झाले भने, “हरियो सागसब्जी, कागती, सुन्तला, गोलभेँडा, सुक्खा फल जस्तै छोकडा, किसमिस, ओखर आदिको प्रयोग गर्नाले छाला चम्किलो र जवान देखिन्छ ।

    यस्तै गर्मीका बेलामा हप्तामा एक वा दुइपटक अनुहारमा फेस प्याकको प्रयोग उपयुक्त हुन्छ । राति सुत्न अगाडि पानीले अनुहार राम्ररी सफा गरिसकेपछि उपयुक्त फेस प्याकको प्रयोग गर्नु पर्ने चिकित्सक बताउँछन् । यसले छाला नरम, मुलायम हुनको साथै चाँया, डन्डिफोरको समस्यालाई पनि कम गर्छ । गर्मीको मौसममा सन स्क्रीनको साथ एकदमै भरपर्दो हुने डा. झाको भनाइ छ ।

    राम्रो सनस्क्रीन जसको प्रयोगले विकिरणको शरीरमा प्रभाव कम पर्दछ । सनस्क्रीन बिहान ८ बजे र दिउँसो १२ बजे प्रयोग गरेमा छाला बचाउन सकिने उनको भनाइ छ । गुणस्तरमा एसपिएफ १५ देखिमाथि प्रयोग गर्न उनको सुझाव छ ।

    गर्मीको मौसमा कम शृङ्गार गर्न उनले सुझाव दिए । राम्रो स्किन टोनरको प्रयोग गर्नाले छालाको छिद्र खुल्छन् । जसले चिल्लो जम्मा हुन पाउँदैन । घ्युकुमारी वा काँक्रो भएको टोनर प्रयोग गर्नु फाइदा जनक हुने उनको भनाइ छ । राम्रो, नरम, मुलायम छालाका लागि प्रशस्त पानी पिउनु उपयुक्त हुन्छ । गर्मीको बेलामा दैनिक थोरैमा दुई÷तीन लिटर पानी पिउनाले शरीरलाई चाहिने पानीको मात्रा पुग्ने डा झाको भनाइ छ ।

    पूरै अनुहारको तुलनामा आँखा वरिपरिको छाला अझै पातलो र नरम हुन्छ । ह्यालोरोनिक एसिड वा काँक्रो एवं महबाट बनेको आँखाको जेल प्रयोग गर्नाले छालालाई चाहिने ओस पुग्छ । जसले गर्दा छालामा चाउरी पर्ने समस्या नहुने उनको भनाइ छ ।

    चर्को घाममा काम नपरी घर बाहिर नहिँड्न, सनस्क्रीनको लगातार प्रयोग गरिराख्ने, अनुहार छोप्ने लुगा वा सनग्लासको प्रयोग गर्ने, चिसो पानीको स्नान गर्ने आदिले पनि छालालाई स्वस्थ, चम्किलो र ताजा बनाइराख्ने डा झाको भनाइ छ ।

    बुधवार, भाद्र २४ २०७७०१:४४:२६

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै