images

प्रधानमन्त्रीका सल्लाहकारले नै उल्लंघन गरे पार्टी सर्कुलर, सिता पौडेल र दावा दोर्जे लामाको यस्तो तागत

प्रधानमन्त्रीका सल्लाहकारले नै उल्लंघन गरे पार्टी सर्कुलर, सिता पौडेल र दावा दोर्जे लामाको यस्तो तागत

  • 463
    SHARES

  • प्रधानमन्त्रीका सल्लाहकारले नै उल्लंघन गरे पार्टी सर्कुलर, सिता पौडेल र दावा दोर्जे लामाको यस्तो तागत

    चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार सिता पौडेल र बाग्मती प्रदेशमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जा लामाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्धारा जारी गरिएको सर्कुलर लत्याउदै गुटगत भेला गर्दै हिंडेको पाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन – ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गतिविधि गर्न रोक लगाउने निर्देशन दिएको थियो । 

    पार्टी सचिवालय बैठकले प्रतिष्ठानसम्बन्धी अध्ययन गर्न कार्यदल बनाएर प्रतिवेदन सार्वजनिक नगरेसम्म तिनका शाखा गठन र गतिविधि नगर्न निर्देशन दिएपनि प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहाकार सिता पौडेल र पार्टी प्रदेश कमिटी सदस्य एवम् बाग्मती प्रदेशमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जा लामाले सत्ता र शक्तिको आडमा मदन भण्डारी फाउन्डेशनको स्थानिय तहमा कमिटी गठन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन – ५ को अवज्ञा गरेका छन् । 

    images images

    राप्ती नगरपालिका ०७ अन्तर्गत बिरेन्द्रनगरमा मदन भण्डारी फाउन्डेसन क्षेत्रीय कमिटी गठन गर्दै पार्टीको धज्जी उडाएका हुन् । उनीहरुले मदन भण्डारी फाउन्डेसन क्षेत्रीय कमिटीको भेला बाट गोबिन्द प्रसाद कंडेलको अध्यक्षतामा सदस्यीय३३ कार्य समिती चयन गरेका छन् । पार्टीभित्र गुटबन्दी गर्न प्रधानमन्त्रीकै सल्लाहकार लागी परेपछि केन्द्रको नीति तथा निर्देशनको ठाडो उल्लंघन भएको छ ।

    images
    images
    images
    images
    images
    images

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै