Logo

कोशी प्रदेश

प्रदेश १ मा २४ घण्टामा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज



प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् भने ६ सय १९ जना डिस्चार्ज भएका छन् ।मोरङमा २ सय ५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्वुमा २, पाँचथर, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ४७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६१ महिला र ८६ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, कटहरीमा ९,सुनबर्षीमा ८, ग्रामथानमा ७, बुढीगंगा र उर्लाबारीमा ६–६, धनपालथान र बेलबारीमा ५–५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारीमा ४–४ र रतुवामाईमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको दमकमा ७५, विर्तामोडमा १५, गौरादहमा १०, कमल गाउँपालिकामा ९, कनकाईमा ६, भद्रपुरमा ५, बुद्धशान्ति, मेचीनगर र अर्जुनधारामा ४–४, शिवसताक्षी र हल्दिबारीमा ३–३, बा¥हदशीमा २, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ३९, धरानमा ३६, इनरुवामा ११, बराहक्षेत्रमा ८, रामधुनीमा ४, भोक्राहानरसिंहमा ३, दुहवी, गढी, बर्जु र देवानगञ्जमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उदयपुरको त्रियुगामा ९, बेलकामा २ र स्थानीय तह नखुलेको १, इलामको इलाम नगरपालिकामा ६, फाकफोकथुममा ५, धनकुटाको धनकुटा नगरपालिकामा ३ र शहिदभूमीमा १, भोजपुरमा ३, सोलुखुम्वुको सोलुदुधकुण्डमा २, पाँचथरको फिदिम, खोटाङको दिप्रङ चुईचुम्वा र ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ९ सय ५३ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १० हजार ७ सय ९८ पुगेको छ । प्रदेश १ मा शुक्रवार १ हजार ९ सय ६० जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये २ सय २३ महिला र ३ सय४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५८ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार  ११ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।