images

कलाकार सुशीला दाहालको निधन

कलाकार सुशीला दाहालको निधन

  • 478
    SHARES

  • कलाकार सुशीला दाहालको निधन

    लामो समयदेखि वोस्टनमा बसोवास गर्दै आउनुभएकी कलाकार सुशीला दाहालको बिहीवार बिहान वाल्थमस्थित हस्पिस केयर सेन्टरमा निधन भएको छ । उहाँले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जोडीको लालपुर्जा, चिरञ्जीवी जस्ता टेलिचलचित्रमा निकै राम्रो अभियनको भूमिका निर्वाह गर्नुभएको थियो । ६७ वर्षीया दाहाल लामो समयदेखि पेल्भिक क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँका एक छोरा  र एक छोरी छन् ।

    लामो समयदेखि अलग बस्नुभएका उहाँका श्रीमान् बद्री दाहालको पनि यही मंगलवार अष्ट्रेलियामा निधन भएको कुरा उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । विगत १७ वर्षदेखि वोस्टनमा बसोबास गर्दै आउनुभएकी दाहाल वोस्टन समाजमा मिलनसार र परिचित हुनुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार, जीवनको अन्तिम समयसम्म पनि उहाँ निकै सक्रिय र जीवनप्रति उत्साहित हुनुहुन्थ्यो ।

    images images

    पारिवारिक स्रोतका अनुसार, उहाँका छोरा टेक्ससमा बसोवास गर्ने भएकोले उहाँको अन्तिम दाहसंस्कार पनि दुइ तीन दिनपछि टेक्ससमा लगेर गरिने भएको छ ।

    images
    images
    images
    images
    images
    images
    शुक्रवार, कार्तिक १४ २०७७११:३७:५७

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै