images

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ६४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ६४ जना पक्राउ

  • 481
    SHARES

  • जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ६४ जना पक्राउ

    काठमाडौं, कैलाली, तनहुँ, डडेल्धुरा र महोत्तरीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ खरिबोटस्थित रुपचन्द्र श्रेष्ठको घरमा तास खेलिरहेका श्रेष्ठ सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५५ हजार ३ सय ९० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

    कैलाली, जोशीपुर गाउँपालिका-१ स्याउले बजार बस्ने ३५ वर्षीय यज्ञ बहादुर बिष्टको घरमा तास खेलिरहेको अवस्थामा बिष्ट लगायत २९ जनालाई नगद २ लाख ५१ हजार ४ सय रुपैयाँ र ८ गड्डी तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    images images

    तनहुँ, भानु नगरपालिका-१० चोकमैदान हानहटिया बस्ने सूर्य कुमार श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय अर्जुन उप्रेती लगायत १६ जनालाई नगद ४८ हजार २ सय ७० रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    डडेल्धुरा, अमरगढी नगरपालिका-५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई नगद १८ हजार ३ सय ८५ रुपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    महोत्तरी, मनराशिश्वा नगरपालिका-७ बासघारीबाट कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय विनोद कुमार साह समेत ३ जनालाई नगद ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँ र ९ थान कौडा सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सलपल्लो र ईलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै खेलमा संलग्न अन्य फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    शनिवार, कार्तिक १५ २०७७०५:१५:२१

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै