images

विद्यार्थीहरुले स्मरण शक्ति कसरी बढाउने ?

विद्यार्थीहरुले स्मरण शक्ति कसरी बढाउने ?

  • 256
    SHARES

  • विद्यार्थीहरुले स्मरण शक्ति कसरी बढाउने ?

    स्मरण शक्ति कमजोर भएका कारण सवैभन्दा बढी तनावमा विद्यार्थीहरु देखिन्छन् । अझ परीक्षा नजिक छ भने कतिपय त यही चिन्ताले विरामी समेत पर्ने गरेका छन् । उमेर ढल्किँदै जाँदा स्मरण शक्ति कमजोर हुँदै जानु सामान्य हो, तर बाल्यावस्थामै कसैको स्मरण शक्ति यति बोधो हुन्छ कि पढेका कुरा क्षणभरमै विर्सिन्छन् ।

    केही रोग नभएमा यसो हुनुको पछाडि उनीहरुले स्मरण शक्ति कमजोर भएकै हो भन्न नमिल्ने विज्ञहरु बताउँछन् । किनकी उनीहरु पढेका कुरामात्र बिर्सिने हुन्, अरु कुरा उनीहरुको दिमागमा ताजै रहन्छन् । यसको प्रमुख कारण भनेको विषयवस्तुमा उनीहरुको लगाव नहुनु नै हो । यसका लागि विज्ञहरुले केही उपाय अपनाउन सकिने जनाएका छन् ।

    images images

    कुनै पनि विषय सुरुमा पढ्दा बुझ्न गाह्रो हुन सक्छ । त्यसलाई दोहोर्‍याएर पढ्ने र मुख्य–मुख्य बुँदाहरू टिपेर राख्ने । सकिन्छ भने छोटकरीमा सांकेतिक शब्द बनाउने, जसले गर्दा सम्झिन सकियोस् ।

    दोस्रोमा जुन विषय पढेको हो, त्यसमा आफैले प्रश्न बनाउने र त्यसमा आफैले फेरि उत्तर दिन प्रयास गर्ने र लेखेर पढेमा र उत्तर दिने बानी गरेमा झनै सम्झिन सजिलो हुन्छ । उत्तर दिने बेलामा मुख्य–मुख्य बुँदा सम्झेर दिएमा सम्झिन सजिलो हुन्छ । जुन विषय पढेको हो, त्यसलाई राम्रोसँग बुझेपछि मात्रै अर्को विषयमा प्रवेश गर्नुपर्छ ।

    आफूले आफूलाई नै जाँच गर्ने । जे विषय पढ्न सकियो अन्त्यमा त्यस विषयको मुख्य बुँदालाई सम्झेर के–के राम्रोसँग बुझ्यो भनेर एकपछि अर्को सम्झिँदै जाने अथवा त्यसलाई लिखित रूपमा टिपेर राख्नाले स्मरण–शक्ति लामो समयसम्म रहिरहने हुन्छ ।

    images
    images
    images
    images
    images
    images
    शनिवार, कार्तिक १५ २०७७०६:५३:३७

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै