सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

  • 397
    SHARES

  • सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि  पक्राउ

    प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
     
    चूडकबहादुर घिमिरेको जाहेरीमा ज्यान मुद्दामा चितवन जिल्ला अदालत तथा पुनरावेदन अदालत हेटौँडाको विसं २०५९ फागुन १२ गतेको फैसलाले चार वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकिएका गिरी फरार थिए । पेशाले ड्राइभर  उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । 

    बुधवार, भाद्र २४ २०७७०४:२०:१३

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै