पोखराका १९ सहित गण्डकीमा थप ४९ जनामा कोरोना संक्रमण

पोखराका १९ सहित गण्डकीमा थप ४९ जनामा कोरोना संक्रमण

  • 352
    SHARES

  • पोखराका १९ सहित गण्डकीमा थप ४९ जनामा कोरोना  संक्रमण

    कास्कीको पोखराका १९ जनासहित गण्डकी प्रदेशका ६ जिल्लामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेमा २ जना पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र २ जना नेपाली प्रहरी रहेको जनाइएको छ ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी९बर्दघाट सुस्ता पूर्व०का ५ जना, तनहुँका ३ र पर्बतका १ जनामा संक्रमण पुष्टि भएको छ ।

    images

    संक्रमित हुनेहरूमा पोखरा महानगरपालिका विभिन्न ६ वडाका १० पुरूष र ९ महिला छन् । उनीहरू ९ वर्षका बालदेखि ५९ वर्षसम्मका छन् ।

    यस्तै स्याङ्जाको पुतलीबजारका ७ पुरूष र ५ महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरू २६ देखि ५५ वर्षसम्मका छन् ।बागलुङको बरेङका ७ जना तथा जमैनी र गल्कोटका एकरएक जनामा संक्रमण भएको छ । संक्रमित हुनेमा ८ वर्षका वालकदेखि ५९ वर्षका बृद्धसम्म छन् ।

    नवलपरासी९बर्दघाट सुस्ता पूर्व०कावासोतीका ४ जना र देबचुलीका एक जनामा पनि संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा।विनोद विन्दु शर्माले जानकारी दिए । तनहुँको भिमादका ३ जना पुरूष र पर्बतका १ जना पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

    बिहिवार, भाद्र २५ २०७७०९:०४:१०

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै