images

धुलो, धूँवा र चिसोबाट अनुहारलाई जोगाउन

धुलो, धूँवा र चिसोबाट अनुहारलाई जोगाउन

  • 721
    SHARES

  • धुलो, धूँवा र चिसोबाट अनुहारलाई जोगाउन

    चिसो बढेसँगै छालासम्बन्धी समस्या पनि बढ्ने गर्छ । खासगरी छाला रुखो हुने, ओंठ फुट्ने आदि । त्यही कारण चिसोको मौसममा छालाको सुरक्षाका लागि थप सर्तक हुन जरुरी हुन्छ ।

    त्यसमाथि शहरी क्षेत्रमा गाडीको धूँवा, धुलो आदिले पनि छालालाई नराम्ररी असर गर्छ । धुलो–धूँवाको चाप अत्याधिक हुने भएकाले छालामा संक्रमण निम्त्याउन सक्छ । यस्तो अवस्थामा छालाको सफाई सँगसँगै त्यसलाई रसिलो र नरम राख्नुपर्ने हुन्छ ।

    images images

    वायु प्रदुषणबाट छालालाई सुरक्षा गर्न तथा छालालाई नरम र मुलायम बनाउन लोसन तथा क्रिमको प्रयोग गरिन्छ । जबकी त्यतिले मात्र छाला सुरक्षित रहदैन ।

    छालामा एक प्रकारको रक्षात्मक तत्व हुन्छ, जसले वायुमा लुकेको फ्याट एवं चिल्लोबाट छालालाई सुरक्षा प्रदान गर्छ । त्यसैले यी रक्षात्मक तन्त्रलाई बलियो बनाउनको लागि यस्ता उपाय अपनाउन सकिन्छ, जसले छालालाई रोगमुक्त राख्छ ।

    सुख्खा हावा तथा हावामा रहेको विषाक्तताका क।रण छाला चाडै सुख्खा हुने गर्छ । जसले गर्दा वायुमा रहेको विषक्तता शरीरमा सिधै प्रवेश गर्छ । राम्रो कम्पनीको क्लिन्जरको प्रयोगले छालामा भएको विषाक्तता हटाउछ र छालालाई सफा राख्छ ।

    प्रशस्त मात्रामा पानीको सेवनले छाला सुख्खा हुन पाउदैन । पानीले शरीरमा भएको विषाक्ततालाई सफा गरेर छालालाई स्वस्थय राख्न मद्दत गर्छ । पानीले पेटको कब्जियत हटाएर शरीर सुख्खा हुन दिदैन ।

    छालालाई सफा र स्वस्थ्य राख्न स्किन टोनरको भूमिका महत्वूर्ण रहने गर्दछ । यसले छालाको तेल  र धुलोलाई हटाएर छालालाई कुनै प्रकारको विषाक्तता रहन दिदैन ।

    यस्ता टोनर शरीरको जुनसुकै अंगमा पनि लगाउन सकिन्छ । दिनमा दुई पटकसम्म हल्का हातले टोनरलाइए छालामा स्क्रब गर्नाले छाला धुलो तथा तेलमुक्त रहन्छ ।

    छालामा मोस्इचराईजरको सट्टा फेसियल तेलको प्रयोग  गर्नुपर्छ । यसले छालालाई हानीकारण तत्व प्रवेश गनबाट बचाउँछ ।

    केहि काइदा

    १. संभव भएसम्म घरबाहिर हिँड्दा मास्क लगाउने गरौं ।  यसैपनि अहिले मास्क लगाउनैपर्ने अवस्था छ । यसले छालालाई जोगाउँछ, साथसाथै धुलो–धूँवाबाट फोक्सोको पनि रक्षा गर्छ ।

    २. अहिले स्कार्फ लगाउने प्रचलन छ । यो निकै राम्रो काइदा हो । स्कार्फले अनुहार र केस ढाकेपछि धुलो–धूँवाले सोझो आक्रमण गर्न पाउँदैन ।

    ३. घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । र, घर फर्किसकेपछि अनिवार्य रुपमा सफा पानीले मुख पखाल्नुपर्छ । यसले छालामा हानिकारक व्याक्टेरिया रहन पाउँदैन ।

    ४. सन ग्लासले पनि यतिबेला राम्रो सुरक्षा प्रदान गर्छ, आँखा र त्यस आसपासको भागलाई । सनग्लास र मास्क्स लगाएपछि अनुहारको धेरैजसो हिस्सा छोपिन्छ ।

    ५. पर्याप्त पानी पिउने गरौं, यसले छालालाई प्राकृतिक नरमपन दिलाउँछ ।

    images
    images
    images
    images
    images
    images
    शनिवार, कार्तिक २२ २०७७०६:३८:३५

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै