images

स्थानिय सरकारको कर्तव्य ?

स्थानिय सरकारको कर्तव्य ?

  • 445
    SHARES

  • स्थानिय सरकारको कर्तव्य ?

    मुलुकमा यतिखेर विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसले तहनहस बनाएको छ । उद्योग व्यवसाय, पर्यटन, कृषि व्यापार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरु पुनर्उत्थान गर्नुपर्ने अवस्था सृजना भएको छ । मुलुकमा स्थानिय सरकार, प्रदेश सरकार र संघीय केन्द्रीय सरकार छन् । तर, यस समयमा पनि मुखार्दशन भएर बस्तो कस्तो कर्तव्य या दायित्व होला भन्न सकिन्न । 

    स्थानीय मानिसको सहभागिताले कार्यक्रममा अपनत्वको पनि बोध गराउंछ । कार्यक्रम आप्नै लाग्छ र आफू पनि सहभागी भएपछि सामाजिक दायित्वबोध हुन जान्छ । अभियानमा लागेका मानिसले मात्र होइन, सहभागी भएका मानिसले पनि यो अर्थमा अभियानकर्मीलाई सिकाउन र बुझाउन सक्छन् । यो प्रक्रिया यथार्थमा संवाहनात्मक हुन्छ र रूपान्तरण हुने गराउने, बुझ्ने, बुझाउने र सिकेका कुरा लिने दिने एकसाथ हुन जान्छ । यो बढी नै प्रभावकारी हुन्छ । 

    images images

    स्थानीय समूह वा टिमले स्थानीय जनताका बीचमा स्थानीय भाषामा हुने कानेखुसी पनि सजिलै बुझ्दछ र उनीहरूका बीचमा तुरन्त भ्रम सफा गर्न पाइन्छ । स्थानीयले पनि विनासंकोच आप्ना कुराहरू सरल रनिर्भयताका साथ राख्न पाउंछन् । यो सामीप्यताको कारणले सम्भव भएको हो ।

    यो कडीलाई जिल्लाले जोड्नुपर्छ । त्यो भनेको जिल्ला समन्वय समिति निर्माण गरेर स्थानीय सरकार र उनीहरूले लिने पहलकदमीलाई सामूहिक र संस्थागत गर्नतिर लाग्नुपर्छ । यसले सामूहिक प्रयत्न र सिंगो प्रतिफल हात पार्न मद्दत गर्दछ । साथै, सहकार्य र सहअस्तित्वको भावना पनि सुदृढ र सबल बनाउंछ ।

    यसले महामारीविरुद्ध लड्न एकजुट बनाउंछ । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस संक्रमण बढ्न थालेपछि थालेपछि यसलाई नियन्त्रण गर्न स्थानीय सरकार र यसको क्रियाशीलता नै बढी प्रभावकारी हुने देखिएको छ ।

    देशका विभिन्न स्थानमा स्थानीय सरकारको तहबाटै हरेक गाउंमा पुगेर जनतासंग साक्षात्कार गर्दै कोरोना महामारी संक्रमणविरुद्ध जागरण ल्याउने अभियान थालिएको छ । यो सकारात्मक तथा सराहनीय मात्र नभएर अनुसरण गर्नुपर्ने कार्य पनि हो । 

    हाल त्यहां स्थानीय सरकारको नेतृत्वमा सचेत मानिसको समूह निर्माण गरेर यो अभियानको थालनी गरिएको छ । एउटा त यसले स्थानीय जनतामा भावना आदानप्रदान र खुलस्तताको वातावरण निर्माण गर्दछ ।

    अर्को कुरा, स्थानीयका बीचमा कुराकानी हुंदा धेरै जानकारी पाउनुका साथै स्थानीय भाषाको प्रयोगले सिक्न सिकाउन ठूलो मद्दत मिल्दछ । विश्वास जागेपछि मानिसमा सतर्क रहने, सिको गर्ने र समस्या आइहालेमा त्यसको निदान रउपचारका लागि सम्पर्कको माध्यम बनाइराख्ने वातावरण पनि निर्माण हुन जान्छ । 

    कोरोनाको त्रास जताततै बढीरहने र जनता त्रासैत्रासमा व्यवहार टार्न वाद्य हुने हुंदा यसको रहस्य न त स्थानिय सरकारले नै बुझ्न तयार भयो न त प्रदेश सरकारले बुझ्न तयार भयो र न त संघीय सरकार नै यसको उपाय खोज्न अपनत्व जमायो । जनताको घरआंगनमा सरकारी सेवासुविधा भन्दै निर्माण गरिएको स्थानीय सरकारका अगाडि पक्कै पनि केही न केही बढी अभिभारा रहेको छ नै । त्यसमा पनि कोरोनाजस्तो महामारी संक्रमणका बखत योअभिभारा आफैंमा बढेर गएको छ । स्थानीय सरकार आफैंमा पूर्ण रूपमा आत्मनिर्भर, स्वायत्त र जनताको सबैभन्दा नजिकको सरकार हो । 

    यसले स्थानीय जनता र स्थानीयको पिर, मर्का र भावना जति धेरै र जति नजिकबाट बुझ्दछ, प्रदेश तथा संघीय सरकारका लागि यो केही टाढाको विषय अवश्यै हुन्छ । यसको अर्थ हो, यसै कारणले सामीप्य पनि कमी हुन्छ र सेवा तथा सुविधा दिनेलिने कुरा पनि टाढा हुन्छ । त्यसैले, स्थानीय सरकार नै स्थानीय जनतासँग हातेमालो गर्न तयार हुनुपर्छ र जनतालाई दिइने सेवासुविधा र सहयोग पनि स्थानीय सरकार मार्फत नै दिइनुपर्छ । यसका लागि स्थानीय सरकारको निरन्तर क्रियाशीलताको आवश्यकता छ । 

    जनता जनार्दन सांच्चै हो रहेछन् यसका लागि नेता जनताका लागि यतिखेर जसरी पनि यो विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस विरुद्ध उपचार गर्न के कसो गर्नुपर्छ भन्ने कुरा कठिवद्ध जसरी भोटको माया थियो त्यसरी नै जनताको माया हुनु आवश्यक छ । 

    images
    images
    images
    images
    images
    images
    आइतवार, कार्तिक २३ २०७७०९:१०:३४

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै