सप्तरी–सिरहा गाउँ जोड्ने झोलुङ्गे पुल बन्ने भएपछि स्थानियबासी खुशी

सप्तरी–सिरहा गाउँ जोड्ने झोलुङ्गे पुल बन्ने भएपछि स्थानियबासी खुशी

  • 325
    SHARES

  • सप्तरी–सिरहा गाउँ जोड्ने  झोलुङ्गे पुल बन्ने भएपछि स्थानियबासी खुशी

    सप्तरी र सिरहा जिल्लाका गाउँ जोड्न बलान खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दूधैला घाट र सिरहाको भगवानपुर गाउँपालिकाको सिनुरियाघाट जोड्ने गरी सीमामा रहेको बलान खोलामा झोलुङ्गे पुल बन्न लागेको हो । 

    नेपाल सरकार र स्वीस बैंकको साझेदारीमा बन्न लागेको  पुलको लम्बाइ २७२ मिटर रहने बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिनुभयो । गोइतका अनुसार पुलको लागत करीब रु  तीन करोड हुने छ ।

    images

    वर्षाका बेला बलान खोलामा आउने बाढीले सप्तरी र सिरहाको सीमाक्षेत्रका बासिन्दा प्रभावित हुने गरेको र आवतजावत ठप्प हुने गरेको थियो । झोलुङ्गे पुल बन्ने भएपछि  स्थानीयवासी खुःशी भएका छन् ।

    कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञाका कारण धेरै आयोजनाका काम ठप्प भए पनि निर्माणस्थललाई पूर्ण रूपमा बन्द गरेर आजदेखि पुलको काम शुरु गरिने भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवले बताउनुभयो । कामदारको सुरक्षासहित निर्माणको कामलाई अगाडि बढाइने जनाइएको छ ।

    बिहिवार, भाद्र २५ २०७७०१:२१:४०

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै