images

नेपालकी  बन्दना राणा संयुक्त राष्ट्र संघीय समितिमा निर्वाचित

नेपालकी  बन्दना राणा संयुक्त राष्ट्र संघीय समितिमा निर्वाचित

  • 841
    SHARES

  • नेपालकी  बन्दना राणा संयुक्त राष्ट्र संघीय समितिमा निर्वाचित

    नेपालकी  बन्दना राणा संयुक्त राष्ट्र संघीय समितिमा निर्वाचित भएकी छिन् । राष्ट्रसंघीय ‘महिलाविरुद्ध सबै स्वरुपका विभेद हटाउने सम्बन्धी सम्झौता’ (सीईडीएडब्लू) समितिमा नेपालकाे तर्फबाट १३७ भोट ल्याएर विजयी भएकी हुन् । समितिमा याे उनकाे दाेस्राे कार्यकाल हुनेछ ।

    यसअघि पनि राणा उक्त संस्थाको सदस्य थिइन् । सन् २०१७ देखि २०२० सम्मकाे कार्यकालका लागि निर्वाचित भएकी राणाको उक्त कार्यकाल यही ३१ डिसेम्बरमा सकिनेवाला थियाे । तर अब १ जनवरी २०२१ देखि दाेस्राे कार्यकाल शुरु हुनेछ ।

    images images

    समितिमा ११ सदस्यका लागि १९ देशले उम्मेद्वारी दर्ता गरेका थिए । तर, तीन देशले उम्मेद्वारी फिर्ता लिएपछि १६ देशबीच प्रतिस्पर्धा भएको थियो, जसलाई १८९ सदस्य राष्ट्रहरूले मतदान गरेका थिए ।

    निर्वाचित भएपछि राणाले फेसबुकमार्फत सबै मतदाता देशलाई धन्यवाद दिएकी छन् । साथै समितिमा आफू अझै प्रतिबद्ध र जिम्मेवार भएर महिलाविरुद्ध हुने सबै विभेदविरुद्ध लागिपर्ने उनले बताएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    मंगलवार, कार्तिक २५ २०७७०८:३६:२६

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै