images

अचानक आगलागी हुँदा बारामा ७ घर जलेर नष्ट

अचानक आगलागी हुँदा बारामा ७ घर जलेर नष्ट

  • 478
    SHARES

  • अचानक आगलागी हुँदा बारामा ७ घर जलेर नष्ट

    बारामा सामेबार साढे ४ बजेबाट अचानक आगलागी हुँदा  ७ वटा फुसको घर जलेर नष्ट भएका छन् । कलैया उपमानगरपालिका- २४  बस्ने शोभालाल चौधरीको घरमा अचानक आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएअनुसार आगलागीबाट ८ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । 

    images images

    आगलागीमा परी स्थानीय शोभा लाल चौधरी, टुकल महतोको २/२ लाख, राम अवतार चौधरीको १ लाख, शिशुपाल चौधरी, राम किशोर चौधरी र करी खाँ थारुको ५०/५० हजार तथा राम लाल चौधरीको १ लाख ८५ हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको स्थानीय प्रहरी चौकी पचरौताले जनाएको छ ।

     दमकलको मद्दतमा स्थानीय बासिन्दा र  प्रहरीले सवा ७ बजे आगो नियन्त्रणमा लिएका थिए  भने आगो लाग्नुको कारण खुलेको छैन ।

     

    images
    images
    images
    images
    images
    images
    मंगलवार, कार्तिक २५ २०७७१२:३३:०४

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै