Logo

मालपोत कार्यालय खुलेः आइतबारबाट नियमित सेवा सुचारु



मालपोत कार्यालय आजदेखि सञ्चालनमा आएका छन् । सरकारले देखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै बन्द भएका मालपोट कार्यालय सञ्चालनमा आएका हुन् । 
कोरोना भाइरस महामारीका कारण गत साउन २८ गतेबाट बन्द भएका थिए ।

आज र भोलि अत्यावश्यक परेका सेवाग्राहीको घरजग्गा रोक्का र फुकुवाको काम गरिने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

साथै, आइतबारबाट स्थानीय तथा वडामा विभाजन गरेर आलोपालो प्रणालीमा निरन्तररुपमा घरजग्गा कारोबार खुल्ला गर्ने निर्णय भएको उनले बताए ।

यसका लागि सबै स्थानीय तह तथा वडामा उच्च सतर्कता साथ स्वास्थ्य सामग्रीको प्रयोग गरेर सेवा प्रवाह गर्ने उनी बताउँछन् ।

‘उपत्यकामा मन्त्रालयले निर्णय गरेर साउन २८ को सेवा प्रवाह बन्द भएको थियो,’ उनले भने, ‘तर, मालपोत कार्यालयका आन्तरिक कामहरू भने सबै भइरहेको थियो ।’

‘यस अवधिमा देशभरीकै मालपोत कार्यालय बन्द अवस्थामा थिएन । उपत्यकाभन्दा बाहिरको हकमा त्यहाँको स्थानीय प्रशासनले सरकारसँग समन्वय गरेर कार्यालयहरू खुल्ला गरेको थियो । कतिपय कार्यालय बन्द भए भने कतिपय कार्यालय बन्द थिएन,’ उनले भने ।

लामो समयको लकडाउन र निषेधाज्ञाले काम रोकिएका सेवाग्राहीले काम रोकिएको भन्दै गुनासो आएका थिए । साथै, मालपोत कार्यलय बन्द हुँदा धेरै सेवाग्राही प्रभावित भएका थिए । त्यसैले आजबाट सेवा शुरू गर्ने निर्णय भएको उनले जानकारी दिए ।

जसमा पनि स्थानीय तहमा आलोपालोसँग न्यूनतम सेवा प्रवाह गर्ने भएको उनको भनाइ छ ।

विगतको दिनमा एउटा कार्यालयमा ५\६ वटासम्म फाँटबाट सेवा दिने गरेकोमा अहिले १\२ वटा फाँट खुल्ला गरी सेवाग्राहीलाई सेवा प्रदान गर्ने उनले बताए
साथै आइतबारबाट पूर्णरुपमा काम सूचारु हुनेछ ।

प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार  २ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।