रामचन्द्र, शशांक र सिटौलालाई देउवाले यसरी थर्काए

रामचन्द्र, शशांक र सिटौलालाई देउवाले यसरी थर्काए

  • 3.0K
    SHARES

  • रामचन्द्र, शशांक र सिटौलालाई देउवाले यसरी थर्काए

    पार्टीका संस्थापक नेता विपी कोइरालाको १०७ औ जन्मजयन्तीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरुलाई थर्काएका छन् । प्रतिकुल परिस्थिति रहेको जानकार हुँदाहुँदै आफूमाथि मात्रै दोष थोपरेर महाधिवेशन महाधिवेशन भनेर गनगन गरेपछि देउवाले विपीकै जन्मजयन्तीमा नेताहरुलाई हप्काएका हुन्।

    देउवाले १४ औं महाधिवेशनबारे आफू पनि चिन्तित रहेको बताउँदै परिस्थिति नै प्रतिकुल रहेकाले कसरी टाइममा गर्ने भनि नेताहरुमाथि प्रश्न तेर्स्याए । कांग्रेसको महाधिवेशन फागुनमा तोकिएको छ । तर कोभिड महामारीका कारण वडा गाउँ र जिल्लाको काम समेत अघि बढेको छैन ।

    images

    यस्तो बेला फागुनमा महाधिवेशन नहुने देखिँदै गर्दा नेताहरुले देउवामाथि प्रश्न उठाइरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री शशांक कोइरालाले आफूमाथि प्रश्न उठाइरहेका बेला देउवा उनीहरुसँग जंगिएका हुन् ।

    आफू अधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको र समयमै महाधिवेशनका लागि आफूले हरसम्भव प्रयास गरेको सभापति देउवाको भनाई थियो ।

    'अधिवेशन हुनैपर्छ। हुनै नसक्ने अवस्था आए सबै साथीहरुले जे भन्छ म त्यही गर्न तयार छु। कोरोनाका कारण हुँदैन भने मैले के गर्न सक्छु। सार्नुपर्ने भए कहिले सार्ने ? देउवाले सोधे, 'मलाई पनि थाह छ संविधानअनुसार एक वर्षभन्दा बढी बढाउनुहुन्न भनेर । भन्नै पर्दैन।'

    सरकारले कोरोनाको नाममा भ्रष्टाचार गर्नेबाहेक केही नगरेको बताउँदै सभापति देउवाले प्रश्न गरे, 'हामी त आन्दोलन गर्ने पक्षमा हो । तर कोरोनाले गर्दा कहाँ आन्दोलन गर्ने ?' प्रतिपक्षीको भूमिकामाथि प्रश्न उठिरहेका बेला देउवाले यो प्रश्न उठाएका हुन् ।

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै