Logo

गण्डकी प्रदेश

बोक्सीको आरोप लगाउने २ महिला पक्राउ



दाङमा एक महिलालाई बोक्सीको आरोप लगाउने २ जना पक्राउ परेका छन् । बोक्सी भन्दै गाली गरेको आरोपमा घोराही र तुलसीपुरबाट २ महिला  पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१६ की २८ वर्षीया दिपा बाठाँमगर र ४५ वर्षीया नौमती महरा रहेको प्रहरीले जनाएको छ । उनीहरुले कार्तिक २१ गते धामीझाँक्रीको भेषमा काम्दै सोही ठाउँकी उक्त महिलाको घरमा गई बोक्सी भन्दै गाली गलौज गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी सुमित खड्काका अनुसार पीडित महिलाले बोक्सी भन्दै गाली गलौज गरी आफ्नो इज्जत, मानसम्मान र प्रतिष्ठामा आँच पु‍र्याएको भनी जाहेरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका दुई महिलामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउपरेकाहरु माथि  आवश्यक अनुसन्धान कार्य भइरहेको खड्काले बताए ।

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  १ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।