images

महाकाव्यकार न्यौपानेलाई देवकोटा पुरस्कार

महाकाव्यकार न्यौपानेलाई देवकोटा पुरस्कार

  • 445
    SHARES

  • महाकाव्यकार न्यौपानेलाई देवकोटा पुरस्कार

    महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने ‘महाकवि देवकोटा पुरस्कार’बाट सम्मानित भएका छन् । नेपाली वाङ्मय प्रतिष्ठानले नेपाली महाकाव्य सिर्जना र प्रकाशनका क्षेत्रमा विशिष्ट योगदान दिएवापत न्यौपानेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । विसं २०२४ कात्तिक २८ गते सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट, कल्लेरी (हाल बलेफी गाउँपालिका वडा नं २) मा जन्मिएका न्यौपानेका दर्जन हाराहारी महाकाव्य प्रकाशित छन् ।

    ‘चन्द्रयुग’ बृहत्तर महाकाव्य रचना र प्रकाशनपछि थप चर्चामा रहेका न्यौपानेले नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाएका छन् । लोकभाकाको ‘पालुवा’ खण्डकाव्य प्रकाशन गरेर साहित्य यात्रामा उदाएका न्यौपानेका कथा, निबन्ध, नियात्रा, कवितासङ्ग्रह, समालोचना, उपन्यासलगायत चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

    images images

    न्यौपानेले नेपाली साहित्यका महाकाव्यकार र महाकाव्यको गहिरो अध्ययन अनुसन्धानसमेत गरेका छन् । लामो समयसम्म शिक्षण पेशामा रहेका न्यौपानेले छन्दोबद्ध कविता, नयाँ छन्दकै सिर्जना र मौलिकताका कारण नेपाली साहित्यमा अलग्गै स्थान बनाउन सफल भई यसअघि पनि थुप्रै सम्मान एवम् पुरस्कार प्राप्त गरेका छन् । प्रतिष्ठानका अध्यक्ष शैलेन्दुप्रकाश नेपालले रु दश हजार राशिको उक्त पुरस्कार वातावरणानुकूल भएपछि समारोह आयोजना गरी न्यौपानेलाई हस्तान्तरण गरिने जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    बिहिवार, कार्तिक २७ २०७७११:५३:२४

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै