Nov 25 2020 | २०७७, मंसिर १० गते

images

चीनले रच्यो इतिहास, पृथ्वीकै सबैभन्दा गहिरो भागमा पुगेर

चीनले रच्यो इतिहास, पृथ्वीकै सबैभन्दा गहिरो भागमा पुगेर

  • 934
    SHARES

  • चीनले रच्यो इतिहास, पृथ्वीकै सबैभन्दा गहिरो भागमा पुगेर

    महासागरको सबैभन्दा गहिरो भाग हो मारियाना ट्रेन्च । नेशनल जियोग्राफिकका अनुसार मारियाना ट्रेन्चको अधिकतम गहिराइ ११ हजार ३४ मिटर रहेको छ । त्यसैले मारियाना ट्रेन्चलाई पृथ्वीकै सबैभन्दा गहिरो भाग पनि भन्न सकिन्छ । चीनले मारियाना ट्रेन्चको सबैभन्दा गहिरो भागसम्म पुगेर नयाँ राष्ट्रिय रेकर्ड कायम गरेको छ ।

    चिनियाँ पनडुब्बीमा बसेर ३ जना गोताखोरहरु मारियाना ट्रेन्चस्थित १० हजार ९०९ मिटर गहिरो भागसम्म पुगेका हुन् । फेन्डाउझे अर्थात् स्ट्राइभर नामक पनडुब्बी जहाजमा बसेर ३ जना चिनियाँहरु मंगलबार मारियाना ट्रेन्चको एक भागको पिँधमा अवतरण गर्न सफल भएका हुन् ।

    images images

    हाइनान प्रान्तमा एक महिनाअघि उनीहरुले आफ्नो सामुद्रिक यात्रा सुरु गरेका थिए । यसअघि चिनियाँ मानव पनडुब्बी मारियाना ट्रेन्चको १० हजार १०९ मिटरसम्म पुगेको थियो र हाल उक्त रेकर्ड भंग भएको हो ।

    यद्यपि मारियाना ट्रेन्चको सबैभन्दा गहिरो भागमा पुग्ने विश्व रेकर्ड चाहिँ अमेरिकाको नाममा छ । अमेरिकी सामुद्रिक अन्वेषक भिक्टोर भेस्कोभो सन् २०१९ को मे महिनामा १० हजार ९२७ मिटर गहिराइसम्म पुगेका थिए ।

    चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार मारियाना ट्रेन्चको पिँधसम्म पुग्ने परियोजनाको मुख्य उद्देश्य समुद्रको पिँधमा रहेका महत्वपूर्ण सामुद्रिक श्रोतसाधनको अन्वेषण तथा म्यापिङ गर्नु हो ।

    images
    images
    images
    images
    images
    images
    बिहिवार, कार्तिक २७ २०७७१२:२७:३०

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै