Logo

टिप्पणी

सरकारले नेपालमै रासायनिक मल उत्पादन कारखाना स्थापना गर्ने



नेपाल सरकारले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने भएको छ ।

त्यसको लागि सरकारले अर्थमन्त्रीको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरिएको त्यसको सम्भाव्यता अध्ययन गरिने प्रस्ताव मन्त्रिपरिषद्मा छलफल गरिएको सञ्चार एवम् सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पर्वत गुरुङले जानकारी दिएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूले महत्वपूर्ण निर्णय प्रस्ताव गर्नुभएको छ । स्वदेशमा रासायनिक मल कारखाना स्थापना गर्ने सन्दर्भमा माननीय अर्थमन्त्री ज्यूको नेतृत्वमा माननीय उद्योगमन्त्री र माननीय कृषी तथा पशुपंक्षी विकास मन्त्रीज्यूको तीन सदस्यीय समिति बनेको छ । यसको सम्भाव्यत्ता अध्ययन र यसको बारेमा निकट भविष्यमा कसरी लगानी गर्ने ? कुन मोडेलबाट लगानी गर्ने ? र कस्तो संरचनामा गर्नेभन्ने किसिमको सम्भाव्यता अध्ययन गरेर तुरुन्तै नेपालमा एउटा कृषिसँग सम्बन्धित रासायनिक मलको उद्योग स्थापना गर्ने निर्णय गरिएको छ ।”

प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार  ४ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।