images

महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे ११२ औँ जन्मजयन्ती मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे ११२ औँ जन्मजयन्ती मनाइँदै

  • 625
    SHARES

  • महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे ११२ औँ जन्मजयन्ती मनाइँदै

    नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज ११२ औँ जन्मजयन्ती मनाइँदैछ । स्वदेश र विदेशमा रहेका नेपालीभाषीहरूले देवकाेटाकाे स्मरणमा विभिन्न कार्यक्रम गरी जयन्ती मनाउने गर्छन् ।

    महाकवि देवकोटाको विसं १९६६ मा कार्तिक कृष्ण औँसी (कार्तिक २७ गते) अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा  जन्मनुभएकाे थियाे । त्यसैले प्रत्येक वर्ष लक्ष्मीपूजाकै दिन उनकाे स्मरण गरिन्छ । यसपाली भने काेराेना महामारीका कारण  अाैपचारिक कार्यक्रमविना नै देवकाेटाकाे जयन्ती मनाइन लागेकाे हाे ।

    images images

     दश वर्षको उमेरबाट साहित्य रचना सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा स्वच्छन्तावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र समाजसुधारका भाव पाइन्छन् । देवकोटाका साहित्यक रचनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

    नेपाली नाट्यसम्राट बालकृष्ण समले मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै देवकोटाको तीनपटक जन्म भएको अभिव्यक्ति दिएका थिए । नेपाली भाषाका कृतिको अन्य भाषामा अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनको महत्वपूर्ण योगदान छ । तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य रचना गर्नसक्ने देवकोटामा तुरुन्त कविता रचना गर्नसक्ने अद्भुत क्षमता थियो ।

    उहाँको खण्डकाव्य मुनामदनले नेपालमा धेरै बिक्री भएको साहित्यिक कृतिको रुपमा बनाएको कीर्तिमान अहिलेसम्म तोडिएको छैन ।

    देवकोटाको निधन चाहिँ वि. सं. २०१६ भाद्र २९ काठमाडाैँमै भएको हो । उहाँ नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध हुनुका साथै देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्याे ।

    images
    images
    images
    images
    images
    images
    शनिवार, कार्तिक २९ २०७७०८:१५:३९

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै