थर्काएर ठगी लुकाउँने प्रयास

बैंकको बदमासी ढाकछोप गर्न नसकेपछि ईन्भेष्टमेन्ट बैंकका बिजेन्द्र सुवाल उत्रिए तल्लो स्तरको गालीमा 

बैंकको बदमासी ढाकछोप गर्न नसकेपछि ईन्भेष्टमेन्ट बैंकका बिजेन्द्र सुवाल उत्रिए तल्लो स्तरको गालीमा 

  • 8.4K
    SHARES

  • बैंकको बदमासी ढाकछोप गर्न नसकेपछि ईन्भेष्टमेन्ट बैंकका बिजेन्द्र सुवाल उत्रिए तल्लो स्तरको गालीमा 

    आफ्नो बैंकको बदमासीको बारेमा समाचार प्रकाशित भएपछि नेपाल ईन्भेष्टमेन्ट बैंकका एक्जुकेटिभ अपरेसन अफिसर बिजेन्द्र सुवाल सञ्चारकर्मीसँग तल्लो स्तरको गालीमा उत्रिएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको लुट : ग्राहकको आम्दानीमा बैंकको कैची शिर्षकको समाचारलाई लिएर अनलाइनपानाकर्मीको मोबाईलमा उनले यस्तो गालीका शब्दहरु म्यासेज गरेका हुन् ।

    धेरै वटा विषयहरुमा बैंकको बदमासीका समाचार आएपछि अनलाइनपानाले युट्युव सञ्चालन गरेर जम्मा भएको रकम ठगीको विषयमा प्रतिक्रिया लिन बैंकका कार्यकारी अधिकृत ज्योति प्रकाश पाँडेलाई धेरै पटक फोन गरेको थियो । दुईदिनसम्म फोन नउठाएका पाँडेले पछिल्लो पटक फोन काटेपछि र बैंकको वेभसाईटमा समेत आधिकारिक सूचना अधिकारीको नाम र फोन नम्बर नभएपछि  समाचार आएको बारेमा म्यासेज पठाईएको थियो । 

    images

    कार्यकारी अधिकृत पाँडेलाई उक्त म्यासेज पठाएको केही बेरमा सुवालले बैंकको आधिकारिक मान्छे आफू भएको भन्दै त्यसरी ठगिएको व्यक्ति कोही भए आफूलाई भेट्न पठाउँनु भन्दै निर्देशनात्मक भाषा प्रयोग गरेका थिए भने उक्त व्यहोराकै भनाई राखेर समाचार प्रकाशित भएपछि सुवालले तल्लो स्तरको गाली गरेर म्यासेज पठाएका हुन् ।

    नेपालको एक सच्चा बैंकको स्लोगन राखेर विभिन्न शब्दजालमा पार्न सफल यस बैंकका बदमासीका थुप्रै समाचारहरु प्राप्त भईरहेका छन् । पछिल्लो समय आम व्यक्तिको चर्को आलोचनाको शिकार भई रहेको बैंकमा खाता खोल्नेहरुले पनि बन्द गर्न थालेका छन् । 

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै