images

प्रधानमन्त्री ओली सीमा निरीक्षणका लाथि ताप्लेजुङ आउने कार्यक्रम स्थगित

प्रधानमन्त्री ओली सीमा निरीक्षणका लाथि ताप्लेजुङ आउने कार्यक्रम स्थगित

  • 337
    SHARES

  • प्रधानमन्त्री ओली सीमा निरीक्षणका लाथि ताप्लेजुङ आउने कार्यक्रम स्थगित

    प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङआउने समय स्थगन भएको छ । यही मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ आउनुहुने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँलाई जानकारी आएको थियो ।

    प्रधानमन्त्री ताप्लेजुङ आउनुहुने भएपछि सुरक्षाको व्यवस्था र प्रधानमन्त्रीको कार्यक्रममा सहभागिताका लागि जाने क्रममा प्रधानमन्त्रीको सचिवालयबाट आज ताप्लेजुङको कार्यक्रममा आउने समय स्थगन भएको आफूलाई जानकारी आएको प्रजिअ चापागाईँले बताएका छन् ।

    images images

    जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली यही मङ्सिर ५ गते ताप्लेजुङ आउने तयारी भएको थियो ।

    यता विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालको फेदी तथा तीन हजार ५०० मिटरमा अवस्थित घुन्सा गाउँमा प्रधानमन्त्री ओली आउने खबरले खुशीका साथ स्वागतद्वार निर्माण तथा गाउँ सरसफाइ कार्यक्रमस्थल सजावट सबै काम सकेको घुन्सा गाउँका स्थानीय टासीतेन्जी शेर्पाले जानकारी दिए ।

    प्रधानमन्त्री ओलीसमक्ष घुन्सावासीले घुन्सा गाउँको विकास निर्माण तथा राज्यबाट थप सेवा सुविधाको मागपत्रसमेत तयारी गरिसकेको स्थानीय शेर्पाले जाकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    मंगलवार, मंसिर २ २०७७११:५५:१०

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै